News

नेपाली भूमिमा एक इन्च पनि मिचियो भने हामीले छाड्ने छैनौं : गगन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन कुमार थापाले नेपाली सीमामा हस्तक्षप गरेर भारतले दादागिरी गरेको बताए ।

आइतबार संसद बैठकको शून्य समयमा सांसद थापाले भारतले आफ्नो भूमिमा बाटो बनाएको प्रष्ट पारिसकेको भन्दै सीमाबारे सरकारले पश्चाताप मात्रै गर्ने कि प्रतिवाद गर्ने भन्ने प्रश्न गरे ।

उनले भने, ‘हाम्रो भूमिमा एक इन्च पनि तलमाथि भयो भने हामीले छाड्ने छैनौं ‘

नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा उनले निन्दा र भर्त्सना गरे। ‘भारतको दादागिरी र त्यसमा चीनको न्यानो मायाको प्रतिरोध गर्नुपर्छ,’ उनले भने। उनले प्रतिरोधमा कांग्रेस अगाडि रहने पनि बताए।

Related Articles

Back to top button
Close