Intresting

आफ्नो लामो कपालले लाज नै ढाक्ने यि अनौठी युवती

एजेन्सी । के कपालले कुनै युवतीले आफ्नो लाज ढाक्न सम्भव छ रु बेलायतको लन्डनमा बस्ने मेलगोरजाता कुलजाइक नामक युवतीको हकमा भने यो कुरा सम्भव छ । कारण हो उनको घुँडा भन्दा लामो र निकै बाक्लो कपालका कारण । बाल्यकालदेखि नै आफ्नो कपाललाई निकै नै लामो बनाउने लक्ष राखेर त्यसको रेखदेख र स संभारमा लागीपरेकी मेलगोरजाताको त्यो सपना अहिले आएर पुरा भएको छ ।

आफ्नो कपाललाई सही लुक दिनका लागि हरेक केही महिनामा हल्का रुपमा कपाल काट्ने यि सुन्दरी युवतीले नुहाउनु अघि कपाललाई नरिवलको तेलले मसाज गर्छिन् अनि स्याम्पुले नुहाउने गरेको एक अन्तरवार्तामा बताएकी छिन् ।

कुलजइले आफ्नो कपाललाई नै समर्पित गर्दै एक इन्स्टाग्राम पेज समेत बनाउन भ्याएकी छिन् । जसमा निरन्तर उनले आफ्नो ७ फिट लामो कपालका अनेकौँ कोणबाट खिचिएका तस्विरहरु पोष्ट गर्छिन् ।

Related Articles

Back to top button
Close