News

सिमाना मिचेपछी भारत र चीनका सैनिकबीच झ’डप, ११ सैनिक घाइते

उत्तरी सिक्किमस्थित भारत र चीनको सिमानामा ‘झ’डप भएको छ । दुई देशीय सीमामा ख’टिएका भारत र चीनका सैनिकबीच ‘झ’डप भएको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा दुई देशका सैनिक बीच भएको हो । यसबारे दुबै देशले औपचारिक प्रतिक्रिया भने जनाएका छैनन्। दोक्लम त’नाव ७३ दिनसम्म चलेको थियो । २०१७ अगस्टमा लद्दाखको पेनगोङ ताल क्षेत्रमा दुई देशका सैनिकले ‘ढुं’गा ‘हा’नाहा’न गरेका थिए ।

यस घटनामा परी चार भारतीय र सात चिनियाँ सैनिक घा’इते भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुबै पक्षका १५० सैनिक संलग्न भएको बताइएको छ। एक सैनिक अधिकारीले ‘वि’वा’दलाई स्थानीय स्तरमै वार्ता गरेर टुं’ग्याइएको बताएका छन्।

सीमामा दुई देशका सैनिकहरूबीच यस्तो भएको यो पहिलो पटक भने होइन । यस भन्दा पहिला पनि तीन वर्षअघि दोक्लममा दुई देशका सैनिक बीच भएको थियो । चीन, भुटान र भारतको सीमामा पर्ने दोक्लम क्षेत्रमा चीनले बाटो बनाएपछि भारतले रोक्न खोज्दा घटनाको शुरुवात भएको थियो ।

त्यस्तै भारतले नेपाली भूमि लिपुलेकमा बनाएको सडकबारे नेपालमा अहिले त्यस्को व्यापक विरोध भइरहेको छ । जस्मा नेपाल सरकारले हिजो शनिबार नै आफ्नो ध्यानाकर्षण गरेको छ । नेपालले यस विषयमा चासो जनाउँदै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेपालले जनाएको चासोमा भारतले मुखतोड जवाफ दिएको छ । उसले भारतीय भूमिमै सडक बनाएको दाबी गरेको छ । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो ।

नेपाल सरकाले आपत्ति जनाएको २४ घण्टा नबित्दै भारतीय विदेश मन्त्रालयले आफुहरुले सडक भारतीय क्षेत्रमा नै बनेको दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयले शनिबार साँझ जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यो सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको छ ।’ यसै सन्दर्भमा भारतले नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न आफुहरु प्रतिबद्ध रहेको बताएको छ । दुबै देश कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको समेत भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो ।

Related Articles

Back to top button
Close