News

सिड्नीमा गाडीको ठक्करबाट एक नेपालीको मृ,त्यु

सिड्नीको पश्चिमी क्षेत्रमा नेपालीहरूको बाक्लो बस्ती रहेको एडमन्सन पार्कमा मर्निङ वाक हिँडेका नेपाली युवालाई गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको छ।

म्याग्दीको दोबा निवासी गोपाल पुन बिहानै आफ्ना छिमेकीसँग मर्निङवाक हिँडेको बेला गाडीले ठक्कर दिएको थियो। गाडी चालकले एम्बुलेन्स बोलाए पनि एम्बुलेन्स आउँदासम्म उनको मृत्यु भइसकेको थियो।

सो गाडी चालक पनि नेपालीमूलकै रहेको बुझिएको छ। प्रहरीले सो दुर्घटनाबारे छानबिन अगाडि बढाएको बताएको छ।

दुर्घटनामा सँगै मर्निङवाक गएका छिमेकी भने सुरक्षित रहेको सम्बन्धित परिवारले जनाएका छन्।

एनआरएनका प्रवक्ता नन्द गुरूङले पनि सो कुरा पुष्टि गरे।‘दुर्घटना भएको हो। सो दुर्घटनामा परी एक जना नेपाली युवाको मृत्यु भएको छ।’

Related Articles

Back to top button
Close