News

सार्वजनिक स्थानमा श्रीमतीको हातको थप्पड खाएर लज्जित भएका कलाकार..

बलिउड सेलिब्रेटीहरु प्रायः आफ्नो सफलताका लागि चिनिन्छन् । यसबाहेक उनीहरु व्यावसायिक जीवनबाहेक व्यक्तिगत जीवनका कारण पनि चर्चामा आउछन् । कैयौं पटक कलाकारले सुटिङमा सह–कलाकारसँग नजिकिएर त कैयौंले पार्टीमा लज्जास्पद अवस्था पनि झेल्नुपर्दछ । बलिउडमा यस्ता केही कलाकार छन्, जसले सार्वजनिक रुपमै झापड खानु परेको छ ।

बलिउड अभिनेता अक्षय कुमार जहिल्यै आफ्नो अभिनय भन्दा पनि अफेयरका कारण चर्चामा रहे । यस्तै एक किस्सा फिल्म ‘एतराज’मा अक्षयसँग जोडिएको छ । यो फिल्मको सुटिङका समयमा अक्षयको अभिनेत्री प्रियंका चोपडासँग नजिकपना बढेको थियो । जब यो कुरा अक्षयकी पत्नी ट्विंकल खन्नाले थाहा पाइन्, उनले अभिनेता बस्ने होटलको लबीमा अक्षयलाई थप्पड हानिन् । साथै उनले अक्षयलाई आगामी दिनमा प्रियंकासँग फिल्म नखेल्न चेतावनी नै दिइन् ।

ट्विंकल खन्ना
टेलिभिजन अभिनेता करण सिंह ग्रोवरको जीवन अभिनयदेखि विवाहसम्मै चर्चामा रह्यो । एकपटक उनले दोस्रो श्रीमति जेनिफर विंगेटबाट सार्वजनिक रुपमै गालामा चड्कन खाए । तर आजसम्म यो कुराको कसैले खुलासा गर्न सकेनन् ।

जेनिफर विंगेट

अभिनेत्री गीता कपूरले फिल्म ‘जोली एलएलबी’का निर्देशक सुभाषमाथि यौ न शो षणको आरोप लगाएकी थिइन् । त्यसपछि उनले सुभाषलाई यस्तरी थप्पड हानिन् कि उनले थप्पड हानेको भिडियो सामाजिक सन्जालमा भाइरल नै भएको थियो ।
बिग बोस विजेता गौहर खानलाई दर्शकले सार्वजनिक कार्यक्रममा नै चड्कन हानेका थिए । र्याप वकको दौरान स्टाइलिस आउटफिट लगाएको कारण उनले यो सजाय पाएकी थिइन् । ती युवकले गौहरले इस्लाम धर्मको मर्म अनुसार पहिरन नलगाएको आरोप लगाएका थिए ।

गौहर खान
बलिउडका सिरियल किसर अर्थात् अभिनेता इमरान हाशमीलाई उनकी श्रीमति परवीनले सार्वजनिक रुपमै थप्पड हानिन् । यो कुराको खुलासा स्वयं इमरानले गरेका छन् ।

इमरान हाशमी

अभिनेता सुशान्त सिंह राजपूतले पनि यस किसिमको पीडा भोगिसकेका छन् । यो मामला त्यो बेला भयो, जुन समयमा सुशान्त र अंकिता लोखण्डे सम्बन्धमा थिए । पार्टीको क्रममा नाइट क्लबमा झ गडा भएपछि अंकितले आवेगमा आएर सुशान्तलाई थप्पड हानेकी थिइन् ।

Related Articles

Back to top button
Close