News

अमेरिकामा कोरोनाका कारण ८० हजारको ज्यान गयो साढे १३ लाख संक्रमित

विश्वभर कोरोना संक्रमितको संख्या ४१ लाख पुग्दा अमेरिकामा मात्र ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ। आइतबार बेलुका साढे ६ बजेसम्मको तथ्यांक अनुसार अमेरिकामा कोरना भाइरसको संक्रमण भएर ८० हजार ४४ जना मानिसहरुले ज्यान गुमाइसकेका छन्

अमेरिकामा शनिबार मात्रै २५ हजार ५ सय २४ जना नयाँ संक्रमित फेला परेका छन्।

अमेरिकामा हालसम्म १३ लाख ४७ हजार ४ सय ११ जनामा संक्रमणको पुष्टि भइसकेको छ।


अमेरिकाका सबै ५० वटै राज्यमा कोरोना संक्रमण फैलिसकेको छ।

त्यस्तै ह्वाइटहाउस तीन उच्च अधिकारीमा कोरोना संक्रमण भेटिएपछि उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

अमेरिकामा दुई लाख ३८ हजार मानिस कोरोनालाई जितेर घर फर्किएका छन् भने १६ हजार ८ सय १६ जना मानिस गम्भीर अवस्था रहेका छन्।

विश्वभर संक्रमितको संख्या ४१ लाख २६ हजार माथि

शनिबार बेलुका साढे ६ बजेसम्मको तथ्यांक अनुसार कोरना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ४१ हजार २६ हजार ८ सय ९० पुगेको छ । अहिलेसम्म कोभिड १९ बाट २ लाख ८० हजार ९ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् भने १४ लाख ५३ हजार ३ सय ८७ जना निको भएर फर्केका छन् ।

सँसारमा यस्ता पनि देश छन् जहाँ कोरोना भाइरसको संक्रमित एकजना पनि नभेटिएको तथ्यांक छ । कतिपयले ती देशहरुमा संक्रमण पत्ता लागेपनि लुकाइएको या टेष्ट राम्ररी नभएको आशंका गरेका छन् । तर, उनीहरुले जानकारी गराएको तथ्यांकलाई आधार मान्ने हो भने १३ वटा देशहरुमा संक्रमण पत्ता नलागेको देखिन्छ ।

Related Articles

Back to top button
Close