Saturday, March 6

प्रेमीसँग मोवाइलमा कुरा गर्न नदिएको भन्दै किशोरीले लिइन् बाबुको ज्यान र कम्बलले बेरेर घरपछाडि राखिदिइन्! यसरी खुल्यो रहस्य

January 20, 2021 126

छोरा छोरीले बाबुआमालाई आदर भावले नै हेर्छन् भन्ने सत्य नहुन सक्छ । यो कुराको पुष्टी भारतमा भएको एक घटनाले गरेको छ । त्यहाँ एक छोरीले आफ्नै बाबुको ज्यान लिएकी छिन् ।

अझ अनौठो त ती किशोरीको उमेर समेत १८ बर्ष भन्दा कम छ । यो घटना मध्य प्रदेशको बैतूल भन्ने ठाउँको हो । उनले यस्तो घटना गर्नका लागि आफ्ना केटा साथीको सहयोग लिएकी थिइन् भने उनको बोइफ्रेण्डले पनि उसको साथी बोलाएर ल्याएका थिए ।

सारणी इलाकाको एक घरबाट केही दिन यता नराम्रो गन्ध आइरहेको थियो । छिमेकीले यसको महसुस गरे र प्रहरीलाई खबर गरे । प्रहरीले जब उक्त ठाउँमा पुगेर हेर्यो त अचम्ममा पर्यो । त्यहाँ एक कम्बलमा बे रि ए को अवस्थामा एक पुरुषको शव थियो ।

धेरै दिन भएकाले गल्न थालेको अवस्थामा शव थियो । त्यसबाट गन्ध समेत धेरै आइरहेको थियो । उक्त घटनापछि प्रहरीले सोधपुछ सुरु गर्यो । परिवारबाटै सुरु भएको सोधपुछमा अनौठो कुरा बाहिर आयो ।

ती ब्यक्ति श्रीराम नामका थिए । किशोरीले गन्ध आउन थालेपछि परफ्युम समेत हाल्ने गरेकी थिइन् । स्थानीय बबलू नागले ने पुलिसलाई सूचना दिए पछि घटना बाहिर आएको थियो । प्रहरी अधिकारी महेन्द्र सिंह चौहानले थप अनुसन्धान जारी रहेको आजतकलाई बताए ।

प्रतिकृया दिनुहोस्