News

कलिलै उमेरमा सञ्चारकर्मी राधा बस्यालको निधन

क्यान्सरबाट पीडित पूर्वी नवलपरासीकी पत्रकार राधा वस्यालको शुक्रवार निधन भएको छ ।

वस्यालको २८ वर्षको उमेरमा शुक्रवार साझ ५ वजे आफ्नै निवास कावासोति २ सिमलघारिमा निधन भएको हो । वि. सं. २०४८ साल फागुन ९ गते जन्मनु भएकी सञ्चारकर्मी बस्याललाई विगत ३ बर्ष अघि २०७५ जेठ ७ गते स्तन क्यान्सर भई उपचार गराउदै आउनु भएको थियो ।

क्यान्सर लागेपछि उहाँले प्रस्तावित राधा क्यान्सर सचेतना फाउण्डेशन सञ्चालन गरी गाउँ गाउँमा सचेतना अभियानसमेत चलाउनु भएको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

क्यान्सर रोगका वारेमा समुदायमा सचेतना अभियान समेत चलाउदै आउनु भएकी वस्यालले पछिल्लो समयमा आफ्नै पहलमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आउनु भएको थियो ।

बस्याल कावासोतीको मध्यविन्दु एफएममा काम गर्दै आउनु भएको थियो । स्वर्गीय राधा वस्यालको शनिवार विहान अन्तिम सस्कार गरिने परिवारजनले जनाएका छन् ।

Related Articles

Back to top button
Close