News

काठमाडौंमा मन्दिर भित्र २४ वर्षीय आशिष मगरले सधैका लागि संसार छोडे (भिडियो)

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छु-रा प्र ‘हारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसले एक्कासि प्र हार गर्दा ग म्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीको नेतृत्वमा प्रहरीको टोलीले अनुसन्धान अघि बढाएको छ। यसमा र महानगरीय प्रहरी वृत्त, महाराजगन्जले पनि अनुसन्धान गरिरहेको छ। अहिलेसम्म प्रहरीले यस घटनामा संलग्न मुख्य आरोपी दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरू सोही ठाउँका दिवस अधिकारी र रवि थापा मगर छन्।

त्यस्तै महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक श्यामप्रसाद ज्ञवालीका अनुसार आशिषका साथीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। ‘हामीले अहिले जम्मा ६ जनालाई नियन्त्रणमा लिएका छौं। जम्मा दुई पक्षका आठ जना थिए,’ उनले भने, ‘अब घटना घटाउने मध्यका दुई जना पक्राउ पर्न बाँकी छन्। पहिचान भइसकेको छ।’

मृतक आशिष मगर पेन्टिङको काम गर्थे। उनी टोखास्थित आफ्नो घरमा परिवारसँगै बस्थे। एसएसपी ज्ञवालीका अनुसार घटना भएको ठाउँमा प्रहरी खासै पुग्दैन थियो।

‘पहिले केही मान्छे भेला भए। त्यसरी नै पछि त्यहाँ अरू पनि भेला भएर झ ‘डप भयो,’ उनले भने, ‘पछिकसैले त्रि शूलले घो’ पेको भनेका छन् भने कसैले छु ‘रा’ घो”पेको भनेका छन्।’ यस घटनामा संलग्न अन्य दुई जना पनि पक्राउ परेपछि मात्रै सबै कुरा बाहिरिने उनले बताए।

‘केही दिनअघि उनीहरूबीच केटीको विषयमा झ ‘गडा भएको रहेछ। उनीहरू सबै ‘त्यसै विषयमा उनीहरूबीच सानोतिनो झ ‘ग’डा हुँदै आज बोलाएरै झ’गडा भएको हो। ‘यो घटना योजनाबद्ध नै भएको जस्तो देखिएको छ,’ उनले भने। प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेश्वर राठौरका अनुसार घटनामा संलग्न अन्य दुई जना फरार छन्। उनीहरुको खोजी भइरहेको छ। आमा बुवासंग गरिएको कुराकानीको भिडियो तल छ हेर्नुहोस

यो पनि : बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी, १४ कात्तिक (रासस) ः यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिनुभयो । बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई पिता ज्ञवालीसँग आशीर्वाद लिइरहेका थिए । चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासी राजकुमार श्रेष्ठले बताउनुभयो ।

पिता ज्ञवाली अहिले पनि स्वस्थ्य हुनुहुन्छ । खेतीपातीमै जीवन बिताउनुभएका बुबालाई अहिलेसम्म कुनै औषधि खुवाउनु नपरेको उहाँका साहिँला छोरा हरिप्रसादले बताउनुभयो । केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा बाबुराम हुनुहुन्छ ।
छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई स्वस्थ्य, सुखी र खान पुगोस् भनी आशीर्वाद दिनुभएको थियो । आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

विसं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिनुभएका ज्ञवालीका चार छोरा अहिले पनि हुनुहुन्छ । उहाँको अहिले पाँचौँ पुस्ता (खनाति) चलिरहेको छ । उहाँका खनाति शिवम् दुई वर्ष पूरा भएका छन् जो २०७६ साउनमा जन्मेका हुन् । साहिँला छोरा हरिप्रसादका नाति शिवम् र वृद्ध केशवराजको उमेर ठीक १०० वर्षले फरक छ ।

Related Articles

Back to top button
Close