Video

दिउँसो मान्छेको सेवा, राती कुकुरको । शिशिर भण्डारी राती राती टोलभरी डुल्दै बाटोका कुकुरहरुलाई खाना खुवाउँदै (भिडियो हेर्नुस)

कोरोनाको कारण बिश्व नै सँकटमा छ, धेरै जना आफ्नो घरमा सुरक्षित हुनुहुन्छ । बाहिर निस्कदा सँक्रमण हुने हो कि भन्ने डर छ तर यो डरका बिच कलाकार तथा सामाजिक अभियन्ता शिशिर भण्डारी भने दिनरात नभनी समाज सेवामा खटिईरहेका छन् । कोरोनापछिको केहि समय आफ्नो परिवारलाई समय दिएका उनी जब दुखी पिडितहरुले रुदै फोन गर्न थाले, घरमै बसिरहन सकेनन् र निस्के, समाज सेवामा ।

बौद्धमा जुम्ल्याहा छोरी जन्माएको ११ दिनमा आमा बितेपछि शिशिर सहयोग गर्न पुगे । उनीहरुका लागि काठमाडौं भरी डलेर दुध र औषधी उपचार खर्च उठाए । त्यसपछि होचा कलाकार मेघराज खड्काको परिवारलाई उनले उद्धार गरे भने बनस्थलीका एक बालक र उनको आमाको लागि पनि सहयोग जुटाए । यसैबिच दुई अपाँग छोराहरुको आमालाई पनि उनले अभियान थालिसकेका छन् । यसैबिच दिउँसो मान्छेको सेवामा व्यस्त शिशिर, राती राती आफ्नो टोल वरीपरीका कुकुरहरुलाई खाना खुवाउन थालेका छन् । भिडियो हेर्नुस

Related Articles

Back to top button
Close