News

सरकारले कारवाही नगरे भारतलाई हामी कारवाही गर्छौ : विप्लव

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भारतलाई सरकारले कारवाही नगरे आफू कारवाही गर्ने जनाएको छ । नेपाली भूभागमा भारतले खुलेआम बाटो बनाउँदा पनि चुपचाप बस्नाले भारतप्रति सरकारको दलाली र लाचारी खुला रूपमा प्रकट भएको टिप्पणी सरकारले उपयुक्त कदम नचाले आफूले कारवाही गर्ने जनाएको हो ।

नेकपाले नेपालको भूमि हडप्ने भारतको विरोध गर्दै त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने चेतावनी समते दिएको छ। भारतले नेपाललाई पराधिन बनाउन लागेको प्रष्ट भएको उल्लेख गर्दै नेकपाले अहिलेको सरकारको अन्त्यका लागि संघर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टी, नेपाली सेना र नेपाल प्रहरीलाई समेत अपिल गरेको छ।

नेपालको भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोबर पुग्ने बाटो बनाएर भारतले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको नेकपाको ठहर छ। फायल तस्वीर

Related Articles

Back to top button
Close