News

सर्लाहीका कोरोना संक्रमित १४ वर्षीय किशोर भारतबाट आएको खुलासा

काठमाडौं, ११ बैशाख । नेपालमा पनि कोभिड १९ नाम दिइएको कोरोना भाइरस संक्रमितहरुको संख्या दिनप्रति दिन बढिरहेको छ । यसैबीच सर्लाहीका एक १४ वर्षीय किशोरमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।सर्लाहीको धनकौल गाउँपालिकाका स्थानीय बासिन्दा ती किशोरको गत शुक्रबार आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पीसीआर चेकजाँचका लागि ल्याइएको थियो ।उनी गत चैत २३ गते छिमेकी राष्ट्र भारतको केन्द्रीय राजधानी दिल्लीबाट धनकौल फर्किएका जानकारी गराइएको छ ।
भारतबाट आएको थाहा पाएपछि उनलाई गाउँको क्वारेन्टाइनमा राखिएको थियो ।

सुरुमा उनको पीसीआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको तर शंका लागेपछि पुनः चेकका लागि रिपोर्ट काठमाडौं पठाउँदा उनमा कोरोना पोजेटिभ पाइएको हो ।ती किशोरको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सर्लाही पठाइएको थियो । तर, उनको रिपोर्ट काठमाडौंमा पोजेटिभ देखिएपछि उनलाई लिनका लागि एम्बुलेन्स पठाउने तयारी भइरहेको जानकारी गराइएको छ ।अब उनलाई तत्कालै सर्लाहीबाट नजिक पर्ने नारायणी वा प्रादेशिक अस्पताल जनकपुर ल्याई आइसोलेसनमा भर्ना गरिने बताइएको छ । ती किशोर दिल्लीमा मजदुरी गर्दै आएको खुलासा भएको छ ।

Related Articles

Back to top button
Close