Video

सोनिकाले बझागंवाट किन दिइन् पूर्वयुवराज पारसलाई धन्यवाद ? यस्तो छ सोनिकाको गाउँ (भिडियो हेर्नुस्)

काठमाडौं । पूर्वयुवराज पारस शाह यतिवेला पोखरा छन् । उनी दिनहुँ पोखरामा पार्टी गरिरहेका छन् । तर उनीसंग निकटको सम्बन्ध रहेकी सोनिका भने आफ्नो गाउँ बझागं पुगेकी छन् । उनले वझागंको डाँढाकाँडा र हरियाली देखाउँदै पूर्वयुवारज पारसलाई धन्यवाद दिएकी छन् । तर त्यसको कारण खुलाएकी छैनन् । केही दिन अघि पारस र सोनिकालाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा चलेका छन् ।

सोनिकाले पूर्वयुवराज पारसलाई लिएर सिलसिलेवार भिडियो अपलोड गर्ने गरेकी थिइन् । उनीहरु पोखरा, मुस्तागं लगायतका क्षेत्रमा रमाइरहेको भिडियो पनि सोनिकाकै युट्युव च्यानल मार्फत सार्वजनिक भएको थियो । अहिले भने पारस पोखरा छन् भने सोनिका बझागं पुगेकी छन् । तर पनि उनले आफ्नो युट्युव च्यानलमा पारसको नाम भने राख्न छुटाइनन् । आफ्नो गाउँठाउँको भिडियो देखाउँदै उनले पारसलाई धन्यवाद दिएको आवाज सुन्न सकिन्छ ।

उनले कोरोनाका कारण मुलुक लकडाउनमा भएको बेलामा आफु भने गाउँको हरियाली हेर्न पुगेको बताएकी छन् । त्यहाँको रमणीय दृष्य देखाउँदै सोनिकाले अबका दिनमा आफ्नो बुवालाई सहयोग गर्ने कि भन्ने योजना पनि रहेको सुनाइन् । उनले कृषी पेशालाई मानिसले हेयको भावले हेर्ने गरेको बताउँदै त्यसो नगर्न पनि सुझाव दिएकी छन् ।

सोनिका अहिले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न पश्चिम नेपालका पहाडी जिल्ला हुँदै बझागं पुगेकी हुन् । उनले दैनिक ज्याला गरेर खानेहरुलाई सहयोग गरिरहेको भिडियो पनि सार्वजनिक गरेकी थिइन् । उता पूर्व युवराज पारस पोखरामा विगत केही दिन देखि पार्टी गरिरहेका छन् । उनले पोखरामा हुँदा सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटसका कारण पनि फेरी एक पटक पारस र सोनिकाको विषय चर्चामा आएको हो । उनीहरु दुई जना निकै नजिक थिए । कसैले उनीहरु प्रेममा रहेको, त कसैले लिभिगं टुगेदरमा पनि रहेको दावी गरेका थिए । तर पारसले व्रे क अप फाइनली भन्दै स्टाटस लेखेपछि सोनिकासंग उनको सम्बन्ध सकिएको भनेर आँकलन गरे ।

फेरी उनीहरु अधिकाँश कृयाकलापमा संगै देखिन्थे । सोनिकाले पूर्वयुवराज पारसको हरेक गतिविधिको भिडियो बनाएर सिलसिलेवार पोष्ट गर्ने गरेकी थिइन् । तर पोखरावाट भने सोनिकाको भिडियो सार्वजनिक भएको देखिदैन । उनको भिडियो पश्चिम नेपालका जिल्लावाट आइरहेको छ । यहि बिचमा सोनिकाले पारसको ठूलो रकम चोरेको भनेर एउटा अनलाईनले समाचार बनाइदिएपछि त्यसैलाई आधार बनाएर मलजल गर्दै अन्य भिडियो सामग्री र समाचार बने । त्यसले त्यसको जवाफ दिँदै पारसले सबै कुरा गलत भएको बताए । पारसलाई ग म्भि र विरामी भएको पनि दावी गरिएको थियो ।

त्यो दावी पनि झुटो सावित भइसकेको छ । राहतका लागि गाउँ पुगेकी सोनिकाले आफ्ना बारेमा यस्ता अनर्गल प्रचार गर्नेहरुलाई चेतावनी दिएकी छन् । उनले सामाजिक सञ्जालमा विवेक नभएकाहरुले महिलाको इज्जत नगरेको र गलत वाटो अपनाएको बताएकी छन् । उनले त्यसरी गलत तरिकाले महिलाको इज्जत उडाउनेहरु एक दिन न एक दिन पत्ता लाग्ने पनि बताएकी छन् ।

Related Articles

Back to top button
Close