News

एन९५ मास्क बिना नै कोरोनाविरुद्ध लड्ने गर्भवती नर्स, गोलीले लियो ज्यान

क्यानेडाको नोभास्कसामा गोली लागेर ज्यान गुमाएकी गर्भवती महिला कोरोनाविरुद्धको लडाईँमा सक्रिय नर्स रहेको खुलेको छ । क्रिस्टिन बियटनका श्रीमान्का अनुसार यी महिला दोस्रोपटक आमा बन्नेवाला थिइन्, उनी पछिल्लो समय सक्रिय रुपमा कोरोनाविरुद्ध अग्रमोर्चामा थिइन् ।

ग्राबियल वोर्टम्यानले शनिबार रातिदेखि १३ घण्टासम्म नोभा स्कसामा जथाभावी बन्दूक चलाउँदा २२ जनाको मृत्यु भएको थियो । ‘हामीले उनी गर्भवती थियौं भनेर परिवारलाई कहिल्यै भन्न पाएनौं,’ सिसिटिभी न्युजसँगको अन्तर्वार्तामा उनका श्रीमान् निक बियटनले भने, ‘उनी काममा खटिएकी थिइन्, यसै हप्ता छुट्टीको समय परिवारलाई जानकारी दिने योजना बनाएका थियौं । हाम्रो ३ वर्षे छोरा डाक्सटनलाई क्रिस्टन गर्भवती भएको सुचना दिनेगरी विशेष टिसर्ट लगाइदिने र त्यसबैमार्फत सबैलाई जानकारी दिने योजना थियो,’ रुदैँ निकले भने ।

धेरै माइल्स पर भएको सुटिङबारे यो दम्पत्ती शनिबार रातिदेखि नै चनाखो थियो, तर आइतबार बिहानसम्म सुटिङ रोकियो भन्ने आँकलन थियो । त्यसैले क्रिस्टिन कामका लागि हिंडिंन् । ‘गोली चलाउने व्यक्ति यसरी हिडिंरहेका छन् भन्ने थाहा भएको भए म मेरी श्रीमतीलाई त्यस दिन घरबाट निस्कन दिन्नथ्यें होला,’ निकले भने । कार्यालय हिंडेकी यी नर्स अन्धाधुन्ध फायरिङ गर्दै हिंडेका ती बन्दूकधारीको निशानामा परेकी थिइन् । ‘एक घण्टासम्म पनि मलाई थाहा थिएन कि प्रहरीको कपडा लगाएर प्रहरीकै गाडी चलाएर हिंड्ने कायर व्यक्तिले मेरी श्रीमती त जन्मनै बाँकी रहेको शिशुको ज्यान लियो ।’

यस आक्रमणको एक दिनअघि क्रिस्ट्रिनले आफ्नो फेसबुक पेजमा सेल्फी अपलोड गरेकी थिइन्, कारमा बसेर उनले खिचेको यस सेल्फीमा पञ्चा र निलो सर्जिकल मास्क लगाएको देखिन्छ र उनले अन्य स्वास्थकर्मीलाई पनि सतर्कता अपनाउन आग्रह गरेकी छिन् । ‘यो फोटामार्फत उनले आफ्नो आवाज बाहिर ल्याउन चाहेकी थिइन् । खासमा उनलाई पिपिई उपलब्ध गराइएको थिएन, जसकारण त्रस्त पनि थिइन् । उनले दैनिक दुईवटा डिस्पोजल सर्जिकल मास्क पाउँथिइन् र एन ९५ मास्क थिएन,’ निकले भने । निकले वास्थ्यकर्मीलाई पर्याप्त पिपिई उपलब्ध गराउन पनि प्रधानमन्त्री जस्टिन ट्रयुडोलाई आग्रह गरेका छन् ।

‘उनी यहाँ छैनन् र यसका लागि हामीले केही गर्न सक्दैंनौं । तर अबको मेरो लक्ष्य उनले जस्तो त्रास सामना गर्नुपरेको थियो, कोरोनाविरुद्ध अग्रमोर्चामा लड्नेहरुले दैनिक रुपमा त्यस्तो भोग्नु नपरोस् भन्ने हो ।’ पत्रकार सम्मेलनमा पनि यसबारे ट्रयुडोलाई सोधिएको थियो । उनले निका र सबै शोकाकुल परिवारप्रति आफ्नो साथ रहने बताए । उनले कर्मचारीहरुलाई धेरैभन्दा धेरै पिपिई चाहिएको विषयमा आफु जानकार भएको र सकेसम्म राज्य सरकारले धेरैभन्दा धेरै सामाग्रीका लागि गरेको आग्रह केन्द्र सरकारले सम्बोधन गर्ने बताए । सीएनएनबाट

Related Articles

Back to top button
Close