Sunday, March 7

गर्जिइन् रेणु दाहाल, भनिन् ‘अति भो महाराज ! गुट आसेपासे र साइबर सेना भन्दा बाहिर कसलाई हेर्नुभएको छ ?’

January 22, 2021 110

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै दिएका अभिब्यक्तिलाई लिएर भरतपुर महानगरकी मेयर रेनु दाहालले कडा प्रतिकृया दिएकी छन् । उनले आफ्नो परिवार प्रति ओलीले पटकपटक व्यक्तिगत प्र’हा’र गरी राजनैतिक हिं’सा गरेको आरोप लगाएकी छिन् । बिहीबार प्रेस संगठन नेपालको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना छोरी–ज्वाइँका लागि मात्रै काम गरेको आरोप लगाएका थिए ।

प्रधानमन्त्री ओलीले दिएको सो अभिब्यक्ति प्रति प्रतिक्रिया दिँदै उनले सामाजिक सञ्जाल मार्फत गम्भीर आपत्ति जनाएकी छिन् । आफ्ना चाहानाहरु सबै त्यागेर जनताको हितमा लडेको भन्दै उनले लेखेकी छिन्, ‘व्यक्तिगत स्वार्थमा कहिल्यै लागिएन, सेवामा समर्पित हुनु कमजोरी हो ? नकी अरुको जस्तो बाले राजनीति गर्ने र छोराछोरीले फाइदा लिएर लु’ट्’नु पर्ने हो ?’

उनले बरु प्रधानमन्त्रीले आफ्ना गुटका आसेपासेहरुलाई भन्दा अरुका लागि केही नगरेको आरोप लगाएकी छन् । ‘तपाईंले जन्माएका छोराछोरी छैनन् भन्दैमा फेरि तपाईंले के आफ्नो गुट आसेपासे र साइबर सेनामा भर्ति भएकालाई भन्दा बढ्ता कसलाई के गर्नु भएको छ ? अति भो महाराज,’ उनले लेखेकी छिन् ।

प्रधानमन्त्री ओलीले उनलाई मतपत्र च्यातेर जिताएको भन्दै दिएको अभिब्यक्ति पनि रोष ब्यक्त गरेकी छन् । २९ वटा वडामध्ये एउटा वडामा मात्रै त्यस्तो घटना घटेको त्यो दुर्घटनाले आफूलाई दुखित बनाएको भन्दै उनले आफूले २९ वटै वडाका जनताको अभिमतले जितेको बताएकी छिन् ।

प्रधानमन्त्रीले चाहिँ ३ करोड जनताको मत च्यातेर संविधान भन्दा आफू माथि ठानेको आरोप समेत उनले लगाएकी छन् । उनले लेखेकी छन्, ‘आफू ३ करोड नेपाली जनताको मत च्यातचुत गर्ने र तानाशाही शासक बन्दै संबिधान कानुनभन्दा माथि ठान्ने यो के हो ?’

प्रतिकृया दिनुहोस्