News

यूएईमा कोरोनाबाट थप दुई नेपालीको ज्यान गयो

यूएईमा कोरोनाको कारण मंगलबार मात्रै दुई जना नेपालीको ज्यान गएको छ । यूएईको आबुधाबीमा एक रेष्टुरेन्टमा काम गर्ने अर्घाखाँचीका ३९ वर्षका र यूएईकै अलऐनमा नेपालको ठेगाना नखुलेका अर्का एक युवाको ज्यान गएको हो ।

कोरोना सङ्क्रमणका कारण लामो समय उपचाररत अर्घाखाँचीका युवालाई कोरोना सङ्क्रमण हुनासाथ आबुधावीको ब्रुजेल अस्पतालमा भर्ना गरिएको थियो । अवस्था नाजुक बन्दै गएपछि उहाँलाई अलऐनको ब्रुजेल अस्पतालमा सारिएको थियो ।

भेण्टीलेटरमा राखेर उपचार भईरहँदा मंगलबार ज्यान गएको अस्पतालले पुष्टि गरेको कम्पनीले परिवारलाई जानकारी गराएको छ । उहाँ पहिलो पटक यूएई आउनुभएको थियो ।

अघिल्लो हप्ता यूएईमै अर्घाखाँचीका अर्का एक युवाको पनि कोरोना सङ्क्रमणका कारण ज्यान गएको थियो । अलऐन अस्पतालमा ज्यान गुमाउने अर्का युवाको भने नेपालमा ठेगाना खुलेको छैन ।

Related Articles

Back to top button
Close