News

लगातार कोरोनाका संक्रमित संख्या बढ्दै गएपछि जेठ १ देखि लागु हुनेगरी सरकारले ल्यायो अहिलेसम्मकै कडा नियम !

सरकारले जेठ १ देखि आवातजावतलाई थप कडाइ गर्ने भएको छ। गृह मन्त्रालयले सम्बन्धित निकायलाई थप कडाइ गर्न निर्देशन दिएको छ। गएको तीन दिनमा लगातार संक्रमित संख्या बढ्दै गएपछि गृहले थप कडाइ गरेको हो।

‘जेठ १ देखि यसअघि दिएको पास खारेज गरिएको छ’, गृह मन्त्रालय स्रोतका अनुसार,‘ एक जिल्लाबाट अर्को जिल्लामा जान अनुमति लिएको पास खारेज गरिएको हो।’ कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढ्न थालेपछि गृहले मंगलबार यस्तो निर्णय गरेको हो ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहमन्त्रालयले जनाएको छ । गृहले उपत्यकामा काम गर्ने सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरेको छ। सम्बन्धित नियामक निकायबाट पास लिएको हुनुपर्ने व्यवस्था गरिएको गृहका एक अधिकारीले जानकारी दिए।

उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यका बाहिर जान भने पाइने छैन । गृहको यो निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन समेत दिइएको छ ।यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए।

गृह मन्त्रालयमा गृह सचिव र तीनवटा सुरक्षा निकायका प्रमुखबीच भएको बैठकपछि यस्तो निर्णय भएको हो। सरकारी कर्मचारीले सम्बन्धित मन्त्रालयको सचिवले जारी गरेको पासको आधार हिँड्डुल गर्न सक्नेछन्। ती पास पनि एक तिहाइ कर्मचारीलाई जारी गरिने छ। निजी संस्थाको हकमा नियामक निकायले जारी गरेको पासको आधारमा मात्र हिँड्न पाइने भएको छ।चैत ११ गतेबाट लकडाउन थालिएपछि देशभर एक जिल्लाबाट अर्को जिल्लाका लागि सबारी चलाउन सयौं पास जारी भएका छन् ।

Related Articles

Back to top button
Close