Horoscop

२०७७ साल जेठ १ गते बिहिबारको राशिफल

२०७७ साल जेठ कृष्ण्पक्ष १ गते बिहिवार सप्तमी तिथि श्रवण नक्षत्र चन्द्रमा मकर राशिमा ।

मेष राशि : काममा आएको वाधा हटेर जानेछ । मन आनन्दित हुने तथा काममा सफलता हात पार्न सकिने देखिन्छ । घर परिवारमा आनन्दमय वातावरण वन्नेछ ।

वृषः स्वास्थ्य समस्याले सताउनेछ वा नयाँ रोग लाग्नसक्ने सम्भावना छ ख्याल गर्नुहोला । यात्रा नगर्दा राम्रो हुने छ । बोलीमा सम्यमता अप्नाउनु होला अन्यथा झगडा पर्न सक्छ ।

मिथुनः मेसिनरी सामान तथा आगो चलाउदा ध्यान दिनुहोला अन्यथा चोट पटकको सम्भावना छ । आलस्यको करण व्यपार जागिरमा समस्या हुन सक्छ । घर परिवारमा झगडाको सम्भावना छ तर कुनै काममा नँया समचारले र्गदा मन रमाउने छ ।

कर्कट : दाम्पत्य जिवनमा सुखमय वातावरण वन्नेछ । नयाँ लगानिको अवसर प्राप्त हुन सक्छ । साथिभाईसँग मिलेर गरेको काममा सफलता हात पार्न सक्नु हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ ।

सिंहः स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ । पढाइमा सफलता हात पार्न सक्नु हुनेछ । घरमा मांगलिक कर्यको अवसर प्राप्त हुने तथा सन्तान सुख शत्रु परास्त हुने देखिन्छ ।

कन्याः सन्तान सुखमा वाधा हुने छ । पढाइमा सोचेको जस्तो प्रगति गर्न सकिदैन । प्रेम तथा दाम्पत्य जीवनमा झगडा हुन सक्छ । व्यपार व्यवसाय वाट लाभ मिल्ने तथा साथि भाइको राम्रो सहयोग प्राप्त हुनेछ ।

तुला: मन विचलन हुनेछ । घर परिवारमा समस्या दखिने छ । जग्गा जमिनको कारोवारमा घाटा हुने । आमाको स्वाथ्यलाइ लिएर समस्या आउन सक्ने । नयाँ वाहानको सुख प्राप्त हुनेछ ।

वृश्चिक: पराक्रम वढ्नेछ । गरेको कममा सफलता हात पार्न सकिन्छ । नयाँ कामको अवसर प्राप्तहुनेछ । देश विदेशवाट लाभ मिल्ने । व्यापारमा सोचेको भन्दा वढि आम्दानी हुने तथा जागिरमा प्रशंसा हुने र नयाँ कामको थालनी हुन सक्नेछ ।

धनु : बोल्दा विचार गर्नुहोला अन्यथा बोलिको कारण झगडा हुन सक्छ । अचल सम्पतिको किनवेच वा सकिन सक्छ । अरुलाई विस्वास गर्नुपूर्व धेरै विचार गर्नुहोला । कुटुम्वको सहयोगको कारण विग्रेको काम वन्नेछ ।

मकर : भाग्यमा आउँदै गरेको वस्तु अरुले हात पार्ने छन् । वेतित्वको प्रभाव राम्रो हुँदा हुँदैपनि अरुले तपाइको विषयमा कुरा काट्ने छन् । भविष्यलाइ सम्झेर गरेको काममा सफलता हात पर्ने छ । धन आगमनका नयाँ स्रोत पत्ता लाग्ने छ ।

कुम्भ: खर्च वढ्ने । मुद्दा मामिलाको सम्भावना देखिन्छ । अरुले झुटा आरोप लगाउने छन् । घर परिवारमा झगडा हुन सक्छ । गरेको काममा शत्रुको कारण बाधा आउने देखिन्छ । विदेशमा रहनुहुनेलाई लाभ मिल्नेछ ।

मीन : नयाँ कामको थालनी हुन सक्छ । धनमा वृद्धि हुनेछ । बोली विक्ने कारणले गर्दा नयाँ ठाउँमा पनि तपाइले आफ्नो छाप छोड्न सक्नुहुनेछ । दाजुभाई सँग गरेको काममा लाभ मिल्नेछ तथा चौतर्फी लाभको सम्भावना पनि छ । काम ढिला नगरि सुरु र्गनुहोला अन्यथा पछुताउन पर्ने छ ।

Related Articles

Back to top button
Close