Friday, February 26

प्रधानमन्त्री ओलीका बुवाले दिए छोरालाई यस्तो सुझाव र सल्लाह

January 23, 2021 83

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली का बुबा मोहन प्रसाद ओलीले भ्रष्टाचार गर्नेलाई धर्म सास्त्रले पनि छुट नदिने भएकाले मर्दा सगै लान नसकिने कुनै पनि आडम्बर मा लाग्नु वा लिप्त हुनु मानिसको मुर्खता र अज्ञान्ता भएको बताउनु भएको छ।जडिबुटी विद्या, ज्योतिष बिद्या र धार्मिक कुरा को समेत ज्ञान राख्नु हुने वहाँले समाजका मानिसहरुलाई सकेको हरेक सहयोग समेत पुर्याउदै आउनु भएको उल्लेख गर्नु भयो।रसिलो, मिजासिलो र सरल ब्याक्तित्वका धनी वहाँले प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई मिलेर काम गर्न र अर्काले नराम्रो भन्ने, आलोचना हुने खालको कुनै पनि कुरा नगर्न सुझाव दिनु भएको छ।गीत,कबिता र झ्याउरे नेपाली लोक भाका मात्र होइन लोपहुन लागेका परम्परा गत सास्कृतिक मूल्य मान्यता प्रती समेत रुचि राख्नु हुने वहाँ ले आफ्नो जीवन का केही दुखद अनुभुति हरु सगै बाल्यकाल मा प्रधानमन्त्री केपी ओलि कस्तो हुनुहुन्थ्यो भन्ने रहस्य समेत उद्गघाटित गर्नु भएको छ।

यो पनि पढ्नुहोस: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा रहँदै आएको गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध नबन्ने बताएका छन् । मुलुक समृद्ध बन्ने भ्रम नेपाली जनतामा छरेकै कारण मुलुक अहिलेको यो अवस्थामा पुगेको उनको भनाइ थियो ।गतन्त्र र लोकतन्त्रको नाउँमा जनतालाई सडक संघर्षमा ल्याएर मुलुकको इतिहास मेट्न खोजेकै कारण देश दुर्घटनामा परेको उनको जिकिर थियो । नेपाल र नेपालीको इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने भन्दै अध्यक्ष थापाले धर्म, संस्कृती र पहिचानको रक्षाका लागि नयाँ पुस्ताको अग्रसरता आवश्यक रहेको बताए । उनले भने ‘खोक्रो गणतन्त्रको नाराले मुलुकको भविष्य संकटमा पर्‍यो, अब अघि बढ्न जरुरी भयो।’

मकवानपुर गढी गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै थापाले ०६२/०६३ को आनदोलनपछि अवलम्बन गरिएको एकपछि अर्को त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको दाबी गरे । कंग्रेस र कम्युनिष्टले लिएको गलत बाटोले मुलुकलाई अधोगतितर्फ लगेको भन्दै उनले आफ्नो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने बताए ।राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहे पनि निरंकुशताको पक्षमा नभएको उनकाे भनाइ थियो । राप्रपाले राष्ट्रको अभिभावकको भूमिकामा राजसंस्था रहँदा मात्र नेपालको इतिहास जीवित रहने उनको भनाइ थियो । फरक विचारसहितको राष्ट्रवादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्दै थापाले मुलुक बनाउन र बचाउन पार्टीलाई बलियो बनाउनु बताए।

प्रतिकृया दिनुहोस्