Monday, March 1

एसपी गुरुङको एक्सन : घुस लिँदै गरेका तीन प्रहरी प’क्राउ

January 24, 2021 78

चितवन । यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई प क्रा’उ गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मंगलबार राति ९ बजे पुलचोकबाट प क्रा’उ गरेको हो । कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लोकश बहादुर घर्ती, जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत प्रहरी जवान पूर्णसिंह रेश्मी मगर लाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई घु’स दिएको अभियोगमा एक किराना व्यवसायीसँगै पाँच जनालाई प क्रा’उ गरिएको गुरुङले जानकारी दिए । उनीहरुको साथबाट घुसबापत लिएको रु दुई हजार १ सय ५० समेत ब’रामद गरिएको छ। उनले भने, “प क्रा’उ परेका तीन जना प्रहरी लाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया सुरु गरिएको छ ।” गुरुङका अनुसार उनीहरुले पैसा सङ्कलनका लागि नारायणगढमा रहेको कालीगण्डकी किराना पसलका सञ्चालक राजेन्द्र पराजुलीलाई जिम्मा दिने गरेका थिए । उनलाई समेत नि’यन्त्रणमा लिइएको उनले जानकारी दिए ।

घु’स दिने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की रहेका छन् । यस्तै केरुङ यातायातका छिरिङ लामालाई प्रहरीलाई घुस दिएको अभियोगमा प क्रा’उ गरी पाँचैलाई अभद्र व्यव हारमा मु’द्दा दर्ता गरिएको उनले बताए । पार्किङ निषेध तथा रोक्न निषेध गरेको स्थानमा पार्किङ गरेबापत बस, अटो रिक्सा, म्याजिक भ्यान लगायतका सवारी चालकसँग रकम लिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्