Sunday, February 28

१५ वर्षीया एलिशा ब्लड क्यान्सरसँग लड्दै : सहयोगकको याचना

January 24, 2021 72

कान्ति बाल अस्पताल बाहिर आफ्नी छोरीको सुस्वास्थ्यको कामना गर्दै बसिरहेका छन् एक दम्पत्ती। रक्त क्यान्सरबाट पीडित छोरी अस्पतालको आइसियूमा उपचार रत छिन्। पछिल्लो ९ दिनदेखि एक्ली छोरीको उपचारमा जुटेका यी श्रीमान् श्रीमतीको भोक प्यास सबै हराएको छ। केबल उनीहरूको कामना, प्राथना आफ्नी छोरीको स्वास्थ्यमा चाँडै सुधार होस् भन्ने छ।रामेछापको दोरम्बाकी १५ वर्षीया एलिशा थापा मगरका माता पिता निकै ठूलो तनावमा छन्। कृष्णबहादुर थापा मगर र दीपा थापा मगरकी एउटै छोरी हुन् एलिशा। उनलाई ब्लडक्यान्सर भएपछि उपचारका लागि कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ।

प्रतिकृया दिनुहोस्