News

लकडाउनमा लु’किछपी भारतबाट भि त्रिए एक हजारभन्दा बढी

जनकपुर, मुलुकमा लकडाउन भएपछि प्रदेश नं २ मा भारतबाट लु’किछिपी एक हजार १४० जना प्रवेश गरेका छन् ।सोमध्ये सबैभन्दा बढी पर्सामा ३४३, सर्लाहीमा ३३३, सप्तरीमा १४५, सिरहामा १५४, धनुषामा ९१, महोत्तरीमा १५०, बारामा ८३ र रौतहटमा १४१ जना प्रवेश गरेका सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले आज पत्रकार स’म्मेलनमा जानकारी गराए ।यस प्रदेशअन्तर्गतका आठ वटै जिल्ला भारतसँग जो’डिएका रहेकाले बढी स’चेत रहनुपर्ने अवस्था देखिएको छ ।प्र’वेश गरेका मानिसलाई क्वारेन्टाइन, होम क्वारेन्टाइन र आइसोलेशनमा राखिएको छ ।

भारतबाट प्र’वेश हुन नदिनका लागि स्थानीयले स’चेत हुनुपर्ने, स्थानीय प्रहरी र नगर वा गाउपालिका, वडा कार्यालय र समाजिक विकास मन्त्रालयमा खबर गर्न उनले सुझाव दिएका छन् ।यसैबीच, लकडाउनका कारण कृषि क्षेत्र प्रभावित भएकाले कृषिजन्य पदार्थको ढु’वानीका लागि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले को’भिड–१९ र्‍यापिड रे’सपोन्स टिमलाई क्रि’याशील गरेको छ ।सोका माध्यमबाट किसानले कृषि क्षेत्रमा उत्पादित वस्तुलाई बजारसम्म पुर्‍याउनका लागि जिल्लाका कृषि ज्ञान केन्द्रलाई जि’म्मेवारी तो’किएको उनले जानकारी गराए ।

सोअन्तर्गत, कृषि ज्ञानकेन्द्र सप्तरी, कृषि ज्ञानकेन्द्र धनुषा, कृषि ज्ञान केन्द्र महोत्तरी र सर्लाहीका साथै बारा, पर्सा, रोतहट, सिरहास्थित कृषि ज्ञान केन्द्र र जनकपुरस्थित उष्णप्रदेशीय बागवानी नर्सरी केन्द्रलाई तो’किएको हो ।यस्तै, पशुपक्षीतर्फ मत्स्य विकास केन्द्र लहान, सिरहा, मत्स्य विकास केन्द्र फत्तेपुर, सप्तरीलाई तो’किएको छ भने धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी जिल्लास्थित भेटनरी तथा पशुसेवा विज्ञ केन्द्रलाई तो’किएको सचिव डा. रामप्रसाद घिमिरेले बताए ।

Related Articles

Back to top button
Close