Thursday, March 4

नआत्तिनुस् यो मितिमा नतिजा प्रकाशन हुने भन्दै एका बिहानै NEB बाट आयो अत्यन्तै जरुरी सूचना !

January 24, 2021 97

कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डलाई अझै केही दिन लाग्ने भएको छ । माघ १० गते भित्र नतिजा प्रकाशन गर्ने भनिए पनि टेबुलेसनको काम नसकिएकोले अझै केही दिन लाग्ने भएको हो । माघ दोश्रो साता भित्र नतिजा प्रकाशन काे तयारि भरहेको समेत उहाँले जानकारि दिनु भयो । नआतिन र हामीले सके सम्म चाडै नतीजा प्रकाशन हुने जनाएका छन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

यो पनि पढ्नुहोस्
यी हुन बिहानै तातोपानीमा मह र कागती मिसाएर खानुका फाइदा
व्यस्त दैनिकीका कारण खानपानमा नियमितता नहुँदा स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न भइरहेका हुन्छन् । स्वास्थ्यमा देखिएका यस्ता विविध समस्या समाधानका लागि बिहान उठ्नेवित्तिकै केही समय आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर तातोपानीमा मह र कागती मिसाएर खानुहोस् ।पाचन प्रणालीलाई सुधार्छ

पाचन शक्तिलाई मजबुत बनाउन बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्छ ।

कब्जियत हटाउँछ
तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्ट । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।

लिम्फेटिक सिस्टमको सफाईमा सहयोगी
लिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।

मुख स्वास्थ्यमा सुधार
एसिडिक प्रकृतिको कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रुपमा हटाउँछ ।तौल घटाउन उपयोगी

मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।

पोषक तत्व र भिटामिनले भरपूर
मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।

रोग प्रतिरोधी क्षमता मजबूत हुन्छ । यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ ।

प्रतिकृया दिनुहोस्