January 24, 2021 97
सुनको मूल्य आज घट्यो, हेर्नुहोस कतिमा भईरहेको छ कारोबार ?
आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
शुक्रबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य भने प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य भने यथावत रहेको छ । नेपाली बजारमा चाँदी मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएको छ ।
प्रतिकृया दिनुहोस्