Friday, March 5

१९ वर्षीया सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री

January 24, 2021 124

एजेन्सी, ११ माघ । भारतमा गजबको घटना भएको छ । १९ वर्षीया किशोरी उत्तराखण्ड राज्यकी मुख्यमन्त्री बनेकी छिन् ।

हरिद्वारकी १९ वर्षीया सृष्टि गोस्वामी उत्तराखण्ड राज्यको एकदिने मुख्यमन्त्री बनेकी हुन् । उनले आज आफ्नो पदभार ग्रहण गरेकी छिन् । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाएको हो ।

राज्य सरकारद्वारा जारी गरिएको विभिन्न योजनालाई उनले अवलोकन गर्ने भएकी छिन् । उनी बिएससी तेस्रो वर्षमा अध्ययनरत छात्रा हुन् ।

यसलाई उनका लागि यो निकै ठूलो अवसरको रुपमा रहेको छ । सृष्टिको भनाइलाई इन्डियन एक्सप्रेसले उदृत गर्दै लेखेको छ,‘म अहिलेसम्म अच्चमित छु । म निकै गौरवान्वित महसुस गरिरहेकी छु । तर, मैले प्राप्त गरेको अवसरलाई इमानदारीका साथ निभाउने छु । म निष्पक्ष ढंगले आफ्नो दायित्व निर्वाह गर्नेछु ।’

उनले अटल आयुशमान योजना, स्मार्ट सिटी योजना, विदेशीका लागि होमस्टे योजना र अन्य विकासशील योजनालाई हर्ने सञ्चार माध्यमले उल्लेख गरेको छ । सन् २०१८ देखि उनी बाल बिधान सभाको मुख्यमन्त्रीको रुपमा कार्य गर्दै आएकी थिइन् । उनलाई कार्यकाल सम्हाल्ने क्रममा सम्पूर्ण विवरण दिइने जनाइएको छ । उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसार एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरुको सशक्तीकरणका लागि जागरुकता फैलाउनु हो ।

प्रतिकृया दिनुहोस्