Friday, February 26

पूर्व माओवादी कमाण्डरहरुले दिए ओलीलाई साथ, जनमुक्ति सेना पनि ओलीकै पक्षमा, निराश प्रचण्ड यसो भन्छन्

January 24, 2021 125

प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा पूर्व माओवादी कमाण्डरहरु लाग्ने संकेत देखिएको छ । माओवादीका पूर्व जनमुक्ति सेनाका दुबै संगठन ओलीका पक्षमा खुल्ने समेत भएपछि पूर्व माओवादी सुप्रिमो प्रचण्ड निराश भएका छन् । उनले भने, आमाको दूधले भएन, बाबुको घुँडो ।

प्रधानमन्त्रीले पूर्व जनमुक्ति सेनाका कमाण्डहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग भेटघाटका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ज न यु द्धका अवधिमा उनीहरुले पुर्याएको योगदान, त्याग र सपनाप्रति आफ्नो सम्मान रहेको सनुाएका थिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त भेटवार्ताबारे जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन्,– ‘पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा आयोजित भेटघाटका क्रममा सम्बोधन गर्दै भन्नुभएको छ ।

जन यु द्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रा न्ति को सपनाप्रति सम्मान छ । नेतृत्वले तपाहरूका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ ।

यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’

प्रतिकृया दिनुहोस्