Video

चितवन घटनामा फेरी लफडा: प्रमिलालाइ फोनमै थर्काइन सुरेश परियार को श्रीमती सरिताले, मेरो श्रीमानलाइ मात्र थुन्ने किन ? (भिडियो हेर्नुस्)

काठमाडौं । केही समय अघि निकै चर्चीत भएको घ टना हो सन्तोष सुनार र प्रमिलाको घर झ गडा को विषय । सन्तोष सुनार वैदेशिक रोजगारीका लागि विदेशमा थिए । घरमा रहेकी प्रमिला दुई छोराछोरीलाई छोडेर वर्दियाका सुरेश सुनारसंग गइन् । विदेशमा यो खबर पाएपछि सन्तोष इमरजेन्सी भिषामा नेपाल आए । प्रमिला र सुरेशलाई रंगेहात फेला पारेर प्रहरीमा बुझाए ।

अहिले प्रमिला धरौटीमा छुटिसकेकी छन् तर उनीसंगै हि रास तमा रहेका सुरेश भने अझै हिरा सत मा छन् । भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअघि देखि सम्पर्क विहिन बनेकी थिइन । प्रमिलाले आफु यसअघि भीडियो च्याटमा कुराकानी गर्ने केटासँग गएको खवर घर परिवारलाई छोडेका कारण उनीहरुले प्रमिला कसैसंग गएको हुनसक्ने अनुमान गरे ।

उनका नातेदारका अनुसार मंसिर २४ गत्ते घरबाट हिडेपछि फोन गरेर आफु ति व्यक्तिसँग गएको र छोराछोरीलाई हेर्दै गर्नु भनेर भनेर बाहिरिएकी प्रमिलाले आफ्ना पति सन्तोषलाई छाडेर नेपालगन्जका सुरेश परियारसँग ३६ दिनदेखि सँगै बसेको अवस्थामा प्रहरीले फेला पारेको हो । यता सुरेश पनि विवाहित र दुईवटा छोराछोरीका बुवा हुन् ।

तीन वर्ष देखि साउदीमा बस्दै आएका सुरेशले डेढ वर्ष देखि आफ्नो श्रीमतीलाई पनि वास्ता गर्न छोडेका थिए । टेलिफोन सम्पर्कमा आएकी सुरेशकी श्रीमतीले डेढ वर्ष यता श्रीमानले आफुलाई काम पर्दा मात्र फोन गर्ने गरेको बताइन् । त्यस यता श्रीमानले पैसा पनि पठाउने गरेका थिएनन् । उनले आफ्ना श्रीमान नेपाल आएको खबर पनि थाहा नपाएको बताएकी थिइन् ।

नेपाल आएर श्रीमतीलाई फोन समेन नगरेपछि श्रीमतीले सुरेशको खोजखबरका लागि प्रहरीलाई खबर समेत गरेकी थिइन् । नेपालवाट पठाएको सामान दिन उनको साउदी स्थित उनको अफिसमा भाई जाँदा सुरेश एक महिना अघि नै नेपाल गएको जानकारी उनका साथीले दिएका थिए । नेपाल आएर पनि परिवारको सम्पर्कमा नपुगेपछि श्रीमतीले प्रहरीमा खबर गरेको बताइन् ।

सन्तोष पनि ३६ दिन अगाडी साउदीबाट नै नेपाल फर्किएका हुन् । नेपाल आएर प्रमिलालाई उनकै घरमा पटक-पटक गएर भेटेका सुरेशले २ सन्तानकी आमा प्रमिलालाई भगाएका हुन् । अहिले प्रमिला छुटिसकेपछि पनि सुरेश भने अझै हिरा सत मा छन् । उनकी श्रीमती अहिले माइत गएर बसेकी छन् ।

टेलिफोन सम्पर्कम आएकी उनले कसैसंग आफ्नो कुरा नभएको र आफु माइतमा आएर बसेको बताइन् । उनले सुरेशसंग आफ्नो सम्बन्ध पहिलाको जस्तो नहुने बताइन् । उनले आफुले सम्बन्ध वि च्छेद पनि नगर्ने, सुरेशकै घरमा गएर बस्ने बताएकी छन् । आफुले गल्ती नगरेका कारण घर छोडेर नहिड्ने तर सुरेशलाई पनि माफी नदिने बताइन् ।

Related Articles

Back to top button
Close