News

कौशलटारमा मोटरसाइकल दुर्घ,टना हुँदा एक जनाको मृ,त्यु

काठमाडौं- भक्तपुरको कौशलटारमा आज अपराह्न भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौं आउँदै गरेको मोटरसाइकल कौशलटारमा दुर्घटना हुँदा मध्यपुर ठिमी नगरपालिका-५ भुलाङखेलका ३० वर्षीय अजय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको हो ।

बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल बिहीबार साँझ करिब साढे पाँच बजे अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनको मध्यपुर अस्पताल ठिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक गिरीले जानकारी दिए ।

Related Articles

Back to top button
Close