News

उपत्यकाका सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय

काठमाडौँ उपत्यकाका सरकारी कार्यालय १५ दिन बन्द हुने भएका छन् । तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यकबाहेक सबै सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय गरेको हो । निर्णय अनुमोदन गर्न तीनवटै जिल्ला प्रशासनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वका उच्चस्तरीय समिति र क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा पठाएको छ । प्रशासनले गरेका निर्णय जेठ ५ गतेदेखि लागू हुने सम्भावना रहेको छ ।त्यस्तै गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।

गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले शनिबारबाट लागू हुने गरी यो निर्णय गरेको बताएका छन । आज बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएकोमा शनिबारदेखि भने जिल्लाभित्रै पनि पासलाई मान्यता नदिने गरी रद्द गरिएकोहो ।अब जेठ ३ गतेदेखि लागू हुने गरी यसअघि जारी भएका कुनैपनि पासले मान्यता पाउने छैनन् । अब पास बाहकले जिल्लाभित्रै पनि सो पास प्रयोग गर्न पाउँदैनन् ।

Related Articles

Back to top button
Close