News

सशस्त्र प्रहरीका २ जना इन्सपेक्टरद्वारा डीएसपीमाथि कुटपिट

काठमाडौं– रुपेन्देहीको सुनौलीस्थित सशस्त्र प्रहरीको ब्यारेकभित्र २ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)ले एक जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)माथि कुटपिट गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल, ५ नम्बर बाहिनीअन्तर्गत सुनौलीस्थित ३८ नम्बर गुल्मका डीएसपी मानबहादुर शाहीमाथि २ जना इन्सपेक्टरले कुटपिट गरेका हुन् ।

इन्सपेक्टरहरु दयाराम पौडेल र केशव भट्टराईले डीएसपी शाहीमाथि कुटपिट गरेका हुन् । घटना बुधबार रातिको भएको बताइएको छ । सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रविण कुमार श्रेष्ठले डीएसपीमाथि कुटपिट गर्ने इन्सपेक्टरमाथि कारबाहीका लागि निर्देशन दिइएको जानकारी दिए ।

२ जना इन्सपेक्टरले डीएसपीमाथि कुटपिट गरेकाले ५ नम्बर बाहिनीले प्रधान कार्यालयबाट कारबाहीका लागि आदेश माग गरेको थियो,डीआईजी श्रेष्ठले खबरहबसँग भने, प्रधान कार्यालयबाट सशस्त्र प्रहरी नियमावलीअनुसार अनुशासन उल्लंघन गरेको लगायत कसुरमा कारबाही गर्नु भनेर निर्देशन गइसकेको छ ।

डीआईजी श्रेष्ठले घटनाको विवरण बुझ्दा डीएसपी शाहीलाई कुनै चोटपटक नलगेको पाइएको जानकारी दिए डीएसपीलाई चोटपटक लागेको छैन । आवेशमा आएर घटना भएको हुनसक्छ, डीआईजी श्रेष्ठले खबरहबसँग भने ।

Related Articles

Back to top button
Close