Sunday, February 28

आखिर करिश्मा मानन्धरले कसलाई लेखिन यति लामो पत्र ?

January 25, 2021 94

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुने अभिनेत्री हुन करिश्मा मानन्धर । उनले राजनीतिक विषयमा पनि आफ्नो विचार सार्वजनिक गर्छिन । हालै उनले राजतन्त्रको पक्षमा आफ्नो धारणा राखेकी थिइन् । सो अभिब्यक्ति पछि करिश्मालाई राजनीतिक दलका कार्यकर्ताले निकै तल्लो स्तरमा टिप्पणी गरेपछि उनी पनि रिसाइकी छन् ।

उनले सामाजिक सञ्जाल मार्फत नै निकै लामो प्रतिकृया दिएकी छन् । फेसवुकमा स्टाटस लेख्दै उनले राजनीतिक विसंगतिका बारेमा फेरी कुरा उठाएकी छन् । उनले लेखेको स्टटास जस्ता को त्यस्तै । के मैले स्वतन्त्र नागरिकको हैशियतमा मेरा कुरा राख्नै नपाउने हो त ?

अहिलेको राजनीतिले मलाई मात्रै होईन, सबैलाई आजित बनाएको छ । शिक्षा, स्वास्थ, सिनेमा, उद्योग, कृषि कुनै पनि क्षेत्र सन्तोषजनक छैन । कोरोना महामारीले गर्दा देश झण्डै ८ महिना जति ठप्प भयो । अहिले बल्ल बल्ल अर्थतन्त्र चलायमान हुँदैछ ।

वितेको १० महिनामा भोकभोकै पैदल घर हिँडेका नेपालीबारे समाचार पढ्यौँ । उद्योगी व्यापारीहरु तनावमा फसेको, विरामीहरु उपचार नपाएर मरेको, नेपाली कृषकको उत्पादनहरुले बजार नपाउने तर विदेशबाट सबै थोक सजिलै आयात भएर बजार बजार पुग्ने, उखु किसानले उखुको मूल्य नपाउने तर राजनीतिक दलहरु जुँगाको ल डा इँमा मात्रै रमाउने गरेको विकृति देखियो ।

सरकारको पहिलो प्राथमिकता जनताको सुखसुविधा हुनुपर्ने थियो तर हाम्रो देशमा कुर्सी र पार्टी पार्टी नेता नेता बिचको झगडा पहिलो प्राथमिकता बनेको थियो । त्यहिबिचमा संसद विघटन भयो । संसद विघटन हुने बितिक्कै सबै राजनीतिक दल सडकमा देखिए । कोरोना महामारी पनि विलाएको हो कि ?

जनतालाई मर्का पर्दा सडकमा नआउने तर संसद विघटन भएर आफैँलाई मर्का परेपछि सडकमा आउने, भिडभाड बढाएर भाषण गर्ने दल र नेतालाई म कसरी राम्रो काम गरिरहेका छौ भनेर भनुँ ?

राजनीतिक दलहरुको कार्यशैली, व्यवहार र चिन्तन जनपक्षीय छ भनेर कसरी झुट बोलुँ ? कोरोना महामारी बिच जनताले विभिन्न प्रकारका समस्या भोगेको बेला यिनै राजनीतिक दल यसरी नै सडकमा आई दिएको भए के हुन्थ्यो ? कसले रोक्यो त्यतिखेर उनीहरुलाई ?

यी विषयमा मलाई चुप लागेर बस्नु उपयुक्त नलागेर स्टाटस लेखेँ । संविधानले मलाई दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उपयोग गरेँ। राजनीतिक दलहरुका विकृति, विसंगति, असफलता, कमजोरीलाई ढाकछोप गरेर बोल्न, आफ्नो नेता र दलको पक्षपोषण गर्न म कुनै राजनीतिक कार्यकर्ता होईन ।

नेपाल राज्यको स्वतन्त्र नागरिक हुँ । मलाई राजनीतिक दल र नेताको होईन, मेरो देश, मेरो राष्ट्रियता र मेरो सार्वभौमिकताको माया लाग्छ ।

प्रतिकृया दिनुहोस्