Thursday, March 4

वरुणको विवाहमा करण जोहरको भावुक स्टाटस, आखिर किन लेखे

January 25, 2021 187

वरुणको विवाहमा करण जोहरको भावुक स्टाटस, आखिर किन लेखे

एजेन्सी । बलिउड नायक वरुण धवनले आफ्नो लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरे ।

उनले फेसन डिनाइनर नताशा दलालसंग आइतवार विवाह गरे । कोरोनाको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गर्दै विवाह गरिएको थियो ।

वरुणले नै आफ्नो विवाहको पहिलो तस्बिर सार्वजनिक गरेका थिए । उनीहरुको विवाहमा क्यामेरा लैजान नपाइने नियम बनाइएको थियो ।

त्यसैले अन्यले उनीहरुको तस्बिर लिन पाएनन् । पत्रकारहरुलाई पनि गिफ्ट बाहिर नै दिइएको थियो । वरुणले विवाहको पहिलो तस्बिर सार्वजनिक गर्ने वित्तिकै उनीहरुलाई बधाइको ओइरो लागेको छ ।

विवाहमा सिमित ब्यक्ति मात्र सहभागी हुने मौका पाएका थिए । विवाहमा जानु अघि गेटमै कोरोना परिक्षण पनि गरिएको थियो । जसलाई पोजेटिभ देखियो उनीहरुलाई गेटवाट नै फिर्ता पठाइएको थियो ।

उनीहरुको विवाहमा सहभागी हुने मौका पाएका निर्माता–निर्देशक करण जाहेरले पनि वरुण र नताशाका लागि एक भावुक पोस्ट साझा गरेका छन् ।

करणको फिल्मवाट नै वरुणले वलिउडमा डेब्यु गरेका हुन् । करणले आफ्नो फिल्ममा अभिनय गरेकाहरुलाई सन्तान सरह ब्यवहार गर्छन ।

उनले वरुणलाई पनि त्यस्तै माया गर्छन । उनले वरुणको विवाहमा सहभागी भएर आएपछि त्यस्तै भावना ब्यक्त गरेका छन् ।

करणले लेखे, ‘जतिजति म पोस्ट लेखिरहेको छु । म त्यति नै मिश्रित भावना र यादले ओतप्रोत हुँदैछु ।

मलाई अहिले पनि याद छ कि गोवामा यो बच्चासँग मेरो भेटघाट, लामो कपाल, आँखामा ठूला सपना जुन बाहिर ल्याउन उ चाहन्थ्यो । केही वर्षपछि उनी मेरो फिल्म माई नेम इज खानका लागि असिस्टेन्ट थिए ।

मैले चुपचाप उसको इमान्दारी देखेँ र मानिसहरुलाई हँसाउने क्षमता ।’‘जब पहिलो पटक उसले मेरो लागि क्यामराको सामना गर्यो त्यती बेला देखि नै म भित्र उसको लागि एक अभिभावक भावना जाग्यो ।

उ प्रति प्रेम वर्षियो । यस्तै महसुस आज मलाई पुनः भयो जब मैले उसलाई वेहुलाको रुपमा देखेँ । उ आफ्नो प्रेमिकासंग सात फेरा लिँदै थियो त्यती बेला मलाई लाग्यो मेरो बच्चा ठूलो भयो ।

उन अब जीवनको यो सुन्दर चरणको लागि आफुलाई तयार बनाएको छ । बधाई छ मेरा प्यारा नताशा र वरुण । मेरो आशीर्वाद र प्रेम सधैं रहनेछ।।। लभ यू ।’

वरुणले करण जोहरको फिल्म स्टुडेन्ट अफ द इयरबाट बलिउडबाट डेब्यू गरेका थिए । फिल्ममा वरुणसँग आलिया भट्ट र सिद्धार्थ मल्होत्राले पनि बलिउड डेब्यू गरेका थिए । यो फिल्म वरुणका लागि निकै विशेष र सफल रह्यो ।

प्रतिकृया दिनुहोस्