News

जेठ ५ गतेपछि पनि लकडाउन थप्ने सरकारको तयारी, विज्ञहरुले दिए यस्तो सुझाव

काठमाडौं, २ जेठ । कोरोना संक्रमणलाई मध्यनजरमा राख्दै साकारले आगामी जेठ ५ गते पछी पनि लकडाउन थप गर्ने तयारी गरेको छ ।

शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन थप गर्नु पर्नेमा जोड दिएको समितिका एक मन्त्रिले जानकारी दिए । लकडाउन थप गर्ने वा नगर्ने विषयमा छलफल गर्न विशेषज्ञहरूलाई बोलाइएको थियो। सो छलफलमा विशेषज्ञहरूले लकडाउन थप गर्न सुझाव दिएको बताइएको छ।

उपस्थित विज्ञहरुले सरकारलाई फ्रान्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षामा विशेष जोड दिन पनि आग्रह गरेका थिए । त्यस्तै कोरोना रोकथामका लागि लकडाउन गरेर मात्र नपुग्ने बरु कन्ट्रयाक ट्रेसीङ गरि व्यापक परिक्षण गरिनु पर्ने विज्ञहरुले जोड दिएका छन ।

लकडाउन थप गर्नु पर्ने विषयमा भोलि बस्ने कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले छलफल गरि मन्त्रिपरिषद् बैठकमा सिफारिस पेश गर्ने छ । जारी लकडाउन यहि जेठ ५ गते सकिदै छ ।

Related Articles

Back to top button
Close