Video

आमा गुमाएका जुम्ल्याहालाई लाखौं सहयोग । शिशिर भण्डारी गाडीभरी उपहार लिएर पुगे, जीवन नै बदलियो(भिडियो हेर्नुस)

(शिशिर भण्डारी) जन्मेको ११ दिनमा आमा गुमाएका जुम्ल्याहा नानीहरुलाई नगद ७ लाख २१ हजार ३ सय २५ सहयोग बुझाएका छौं । साथमा काठमाडौं भित्र दिनरात नभनी दौडधुप गरेर उनीहरुका लागि कपडा, खानेकुरा र खाद्यान्न सहयोग जुटाउँदै गाडीमै ती सम्पुर्ण सामान लगेर उनीहरुको कोठामा बुझाएका छौं । गाडी सहयोग गर्नुहुने Rekha Kharel र उहाँको परिवारलाई धन्यवाद ।

यससँगै नानीहरुको लागि हाम्रो यो अभियान टुँगिएको छ । देश तथा बिदेशबाट सहयोग गर्नुहुने सम्पुर्ण सहयोगीहरुलाई मेरो दश औंला जोडेर नमन र सम्मान । हजुरहरुको सहयोगको बयान गर्न हामीसँग कुनै शव्द छैन । जुम्ल्याहा नानीलाई भगवानले सदैव रक्षा गरुन्, उनीहरुलाई भेट्न म समय समयमा गईरहन्छु । केहि परे, आफुले सक्ने सहयोग गरिरहन्छु ।यद्यपी यसपाली छुटिदा मन साह्रै रोयो । उनीहरुको मलाई साह्रै माया लाग्छ(भिडियो हेर्नुस)

Related Articles

Back to top button
Close