Monday, March 8

दुर्गेश थापाले किन लुकाए श्रीमती ? छोरा भएपछी आँखाभरि आँशु बोकी खोले सबै वास्तविकता

January 26, 2021 110

काठमाडौं । गायक दुर्गेश थापा छोराको बुवा बनेका छन् र यहि खुशियाली साट्दै आफ्नो विवाह भएको समेत दर्शक सामू खुलाएका छन् । श्रीमती प्राची लामाको नाम सहित आफ्नो छोराको तस्विर सार्वजनिक गरेका छन् ।

दुर्गेश थापाले किन श्रीमतीलाई आज सम्म लुकाएर राखे भन्ने प्रश्न अहिले उब्जिन थालेको छ । दुर्गेश थापाले अहिले सम्म श्रीमतीलाई कतै पनि खुलाएका छैनन् साथै न त कुनै तस्विर नै राखेका छन् । धेरैलाई दुर्गेश सिंगल भन्ने थियो तर अचानक छोरा सहितको तस्विर राख्दा धेरै चखित परेका छन् ।

आज एक गितको शुटिङ्गको क्रममा दुर्गेश थापाले मिडियासँग कुराकानी गर्दै आफूले श्रीमती लुकाउनुको रहस्य बारे बोलेका छन् । आफ्नो चाहना भन्दा पनि श्रीमती कै चाहनाले गर्दा यो कुरा लुकाएको उल्लेख गरेका छन् ।

दुर्गेशले भने, “खास मैले भन्दा श्रीमतीले यो कुरा नखुलाउन मलाई भनेकी हुन् । अहिले श्रीमतीको बारेमा खुलाउँदा फ्यानहरु घट्ने हुन् कि भनेर श्रीमतीले नै क्यारियरमा फोकस गर्नु भनेर यो कुरा गोप्य राखेका हौँ तर जब छोरालाई हातमा बोकें मेरो आँखाबाट आँशु झर्यो । अनि खुशी साथ मैले यो खुशी दर्शक सामू व्यक्त गरेको हुँ ।”

 

प्रतिकृया दिनुहोस्