Video

गुल्मीका दिदी भाईबीच फेसवुक मार्फत बस्यो माया: युवतीको रहस्यमय निधन, प्रेम कहानी सुरु देखि अन्त्य सम्मको नालिबेली (भिडियो सहित हेर्नुस्)

काठमाडौं । हामीले सामाजिक सञ्जाल र अन्तराष्ट्रिय समाचारमा कहिले काँही नचिनेरै दाजुवहिनी र आफन्तमै प्रेम र विवाह भएका विषय सुन्ने गरेका छौं । तर यहाँ भने गुल्मीमा भएको त्यस्तै समाचार र भिडियो प्रस्ततु गरिएको छ । युवक वैदेशिक रोजगारीका लागि विदेशमा थिए ।

मदानी गाउँपालिका ४ काभ्रेगाउँकी २३ वर्षकी मिना कुँवरले फेसवुकमा निकै मार्मीक स्टाटस लेखेकी थिइन् । घरको आर्थिक अवस्था कमजोर भएर विदेशीएका दाजु भारतमै हराए । उनको पनि खबर छैन ।

त्यसैले मिनाकै काँधमा वृद्ध भएका आमावुवालाई पनि सघाउने जिम्मेवारी आयो । त्यसैले उनी गुल्मी छोडेर काठमाडौं आइन् । १२ कक्षामा पढ्दै गरेकी मिना सामाजिक सञ्जालमा सकृय थिइन् । काठमाडौंमा १२ कक्षामा पढ्दै थिइन् ।

उनीसंग फेसवुकमा एक युवक पनि जोडिन्छिन् । लामो समय सम्म उनी युवकसंग फेसवुकमै कुराकानी हुन्छ । चिनजानवाट सुरु भएको त्यो सम्बन्ध प्रेममा परिणत हुन्छ । वैदेशिक रोजगारीमा रहेका युवक आफ्नो गाउँ फर्कने बताउँछन् ।

उनले आफु घर जाँदा मिनालाई पनि लिएर जाने बताउँछन् । अनिल कुँवर विदेशवाट आएर मिनालाई पनि लिएर उनी कावासेती स्थित आफ्नो दिदीकोमा जान्छन् । कावासेती पुगेका उनीहरु फुलवारीमा घुम्न जान्छन् तस्बिर खिच्छन् । अनि अर्को दिन आफ्नो गाउँ गुल्मी जान्छन् ।

उनीहरु भान्जीलाई लिएर गुल्मी जान्छन् । उनीहरु दुवैको गाउँ एउटै थियो । मिनालाई एक दिन अनिललाई घरमा बोलाउँछन् । मिना अनिलको घरमै जान्छिन् । एक दिन र एक रात अनिलकै घरमा बस्छिन् ।

अनिलको घरमा गएपछि अनिलको आमाले हामी नातेदार हौं, दिदी भाईबीचको सम्बन्ध समाजले स्वीकार्दैन, तिमीहरुले यस्तो गल्ती नगर भनेर मिनालाई सम्झाएको बताउँछिन् । त्यसको भोलीपल्छ उनीहरु नजिकैको जंगलमा बसेको थाहा हुन्छ ।

नयाँ वर्ष संगै मनाएका मिना र अनिललाई जंगलमा संगै बसेको देख्नेहरु पनि छन् । तर भोलीपल्ट सम्म पनि मिना आफ्नो घर फर्किन्निन् । खोजि हुँदा उनको श व भिरमा ल डे को अवस्थाा देखिन्छ । उनको निधन कसरी भयो अहिले यो अनुसन्धानका क्रममा छ ।

दिदी भाई नाता पर्नेबीचमा भएको यो प्रेमले मिनाले ज्यान गुमाएकी छन् । अनिलको आमाले उनीहरुको बिचमा सम्बन्ध भएको थाहा पाए पनि समाजमा वेइज्जत हुने डरले घरका अरु सदस्यलाई पनि सुनाउँदिनन् । आफैले दुवै जनालाई आफ्नो आफ्नो बाटो लाग्न सुझाव दिन्छिन् । तर यसै बिचमा मिनाको रहस्यमय निधन हुन्छ ।

Related Articles

Back to top button
Close