Friday, March 5

दुई सन्तान सहित घरबेटीले कोठावाट बाहिर निकालिदिएपछी संचारकर्मी जादा जे भयो…

January 27, 2021 83

काठमाडौ । भाडामा बसेकी एक महिलालाई घरबेटीले कोठावाट बाहिर निकालिदिइन् ।

उनका दुई सन्तान पनि अहिले सडकमा आएका छन् । तीन दिन देखि दुई छोरालाई लिएर महिला सडकमा छाता ओढेर बसेकी छन् ।

यो कुरा सार्वजनिक भएपछि अहिले युट्युवरहरुको लाइन लागेको छ । घरभेटीलाई पनि युट्युवरले घेरेका छन् ।

उनी अहिले सार्वजनिक भएकी छन् । केही स्थानिय र युट्युवरले घेरेपछि उनी वाहिर निस्किएकी छन् ।

उनले आफुले किन साना बच्चाको आमालाई घर वाहिर निकालेको भन्ने कुरा पनि बताएकी छन् । मानसिक रुपमा पनि अस्वस्थ्य भएकी ति महिलालाई लकडाउनको समयमा पनि आफुले निकै सहयोग गरेको उनको भनाई छ ।

तर वाटोमा हिडेकाहरुलाई समेत ढुँगा हा न्ने र अन्य अस्वभाविक काम गर्न थालेपछि आफुले बाध्य भएर बाहिर निकाल्नु परेको बताएकी छन् ।

उनलाई सहयोग गर्दै आएका एक आफन्त युवकले महिलामा मानसिक समस्या समेत भएको स्वीकार गरेका छन् ।

ति महिला केही समय अघि अर्को घरवाट पनि यसरी नै सडकमा आएकी थिइन् । अहिलेको घरभेटीले आफैले उनलाई आफ्नो घरमा लिएका गएका थिए ।

घरभेटी महिलाले उनलाई आफै उद्दार गरेर घरमा लिएर गएको भएपनि आफुलाई नै समस्या पार्न थालेपछि घरवाट निकालेको बताएकी छन् ।

एक जना होटल ब्यवसायीले उनका साना दुई छोरालाई खान दिएका छन् । उनले संधैभरी आफुले मात्र सहयोग गर्न समस्या हुने भएकाले मिडिया मार्फत उनीहरुलाई सहयोग जुटाउन आग्रह गरेका छन् ।

युट्युवर जाँदा पनि ति महिला सडकमा थिइनन् । उनका दुई साना छोराहरु सडकमै थिए भने घरभेटीले वाहिर फालिदिएका सामान यत्र तत्र छरिएका थिए ।
डियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्