News

फेरी ६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं,३ जेठ । आज शनिबार फेरी ६ जनामा कोरोना संक्रमण भएको पुष्टि । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अध्यावधिक गरेको विवरणअनुसार बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ। संक्रमितहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नयाँ पुष्टि हुनेमा बर्दिया, नार्दु-११ निवासी २८ वर्षीया महिला सिराहा, सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्सा, वीरगन्ज-१२ निवासी २८, २९ वर्षीय पुरुष, सर्लाही, रामनगर-४ निवासी १८ वर्षीया महिला, चितवन, गढ़ौली-१ निवासी २५ वर्षीया महिला रहेका छन् ।

Related Articles

Back to top button
Close