Monday, March 8

शक्ति कपुरकी छोरी नायिका श्रद्धा कपुरसँग विवाह गर्न तयार छन् नेपाली मूलका रोहन श्रेष्ठ ?

January 27, 2021 106

बलिउड कलाकारहरु जिवनको दोस्रो मोडमा धमाधम प्रवेश गरिरहेका छन् । केही अभिनेत्रीहरु आमा बन्दै छन् भने कसैले विवाह गरिरहेका छन् । भर्खरै अभिनेता वरुण भवनले लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरे । २४ जनवरीमा फेसन डिजाइनर नताशा दलालसँग विवाह गरेका छन् ।

यता आलिया भट्ट र रणवीर कपुरको पनि विवाहको चर्चा छ । अघिल्लो वर्ष देखि नै विवाह हुने चर्चा चलेपनि ऋषी कपुरको अचानक निधन पछि उनीहरुको विवाह केही समयका लागि रोकिएको बताइएको छ । वरुण धवनले वेहुली भित्र्याएसंगै उनका अर्का साथीको पनि विवाहको चर्चा सुरु भएको छ ।

वरुणकै साथी श्रद्धा कपुर र रोहन श्रेष्ठको विवाहको चर्चा यतिवेला भारतीय मिडियामा भइरहेको छ । रोहन नेपाली मूलका बलिउड सेलिब्रिटी फोटोग्राफर हुन् । उनका बुवा नेपालमा जन्मिएका भएपनि रोहन भने भारतमै जन्मिएर उतै आफ्नो करियर बनाइरहेका छन् । वरुणको विवाहमा रोहनले शुभकामना दिएपछि चर्चा सुरु भएको हो ।

जब रोहनले वरुणलाई विवाहका लागि बधाई दिँदै इन्स्टाग्राममा पोस्ट गरे । यो पोस्टमा रोहनले लेखे, ‘वरुण र नताशालाई विवाहको अत्यधिक बधाई । भीडी तिमी असाध्यै भाग्यमानी छौ ।’ यसको तुरुन्त जवाफ दिँदै वरुणले लेखे, ‘म आशा गर्छु कि तिमी पनि तयार छौ ।’ उनको यस्तो अभिब्यक्ति पछि फ्यानहरुले रोहन पनि विवाहको योजनामा रहेको आशंका गरेका छन् ।

त्यसपछि नै भारतीय सोसल मिडियामा रोहन र श्रद्धाको विवाह हुन लागेको हो कि भन्ने अनुमान गरिएको छ । श्रद्धा कपुर र रोहन श्रेष्ठबीचको प्रेम सम्बन्धबारे निकै अघिदेखि विभिन्न खबर आइरहेका छन् । तर दुवै जनाले त्यसलाई सार्वजनिक रुपमा स्वीकार भने गरेका छैनन् । तर दुवैले नकारेका पनि छैनन् ।

बम्बे टाइम्ससँगको एक कुराकानीमा श्रद्धाले आफुले अहिले विवाहको बारेमा सोच्ने फुर्सद नभएको बताएकी थिइन् । उनले आफु अहिले फिल्मवाट करियर बनाउने योजनामा मात्र रहेको बताएकी थिइन् । तस्विर तल हेर्नुहोस

प्रतिकृया दिनुहोस्