News

थप २ जनामा कोरोना पुष्टी, नेपालमा संक्रमितको संख्या २ सय ७८ पुग्यो

काठमाडौं – शनिवार थप २ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएका परिक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षका पुरुष र काभ्रेका २६ वर्षका पुरुषमा कोरोना पुष्टी भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । नेपालमा हालसम्म ३६ जना कोरोना संक्रमित निको भई घर फर्किसकेका छन्।

Related Articles

Back to top button
Close