News

थप २ जना कोरोना संक्रमित थपिए, देशभर कहाँ कति सङ्क्रमित छन्? यस्तो छ डाटा !

शनिवार ११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अब कुल सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार महोत्तरीमा एक र काभ्रेमा एक गरी थप दुई जनामा कोभिड-१९ पुष्टि भएको हो।

यसअघि कपिलवस्तुका तीन जना, पर्साका दुई जना तथा बर्दिया, सिराहा, सर्लाही र चितवनका एक-एक जनामा सङ्क्रमण देखिएको थियो। शुक्रवार १८ जना सङ्क्रमित फेला परेका थिए। अहिलेसम्म सङ्क्रमण देखिएकामध्ये २२४ जना पुरुष र ५४ जना महिला छन्। तीमध्ये ३६ जना उपचारपछि भाइरसमुक्त भइसकेका छन्।

कहाँ कति सङ्क्रमित छन्?

हालसम्म २६ वटा जिल्लामा सङ्क्रमण भेटिएको छ। तर कर्णाली प्रदेशमा कतै पनि कोभिड-१९ पुष्टि भएको छैन। अहिलेसम्म प्रदेश नं ५ मा १०९ र प्रदेश नं २ मा १०८ सङ्क्रमित फेला परेका छन्। प्रदेश नं ५ मा सङ्क्रमण पुष्टि भएका सबै जना अहिले आइसोलेशनमा छन् भने प्रदेश नं २ मा केही व्यक्ति निको भएर अस्पतालबाट फर्किएका छन्। सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा ३६ जनामा, वाग्मती प्रदेशका १७, गण्डकी प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशका पाँच जना छन्।नेपालका छमध्ये कर्णालीबाहेक सबै प्रदेशमा कोभिड-१९ भेटिएको पुष्टि भएको छ।

Related Articles

Back to top button
Close