News

नेपालमा पहिलोपटक कोरोनाका कारण एक सुत्केरीको निधन भन्ने समाचार आएपछि बोल्यो मन्त्रालय

काठमाडौं, । धुलीखेल अस्पतालमा निधन भएकी सुत्केरी महिलाको कोरोना परिक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले गर्ने नियमित प्रेस व्रिफिगंका क्रममा ति महिलाको कोरोना परिक्षण जारी रहेको र कोरोनाका कारण निधन भए नभएको निक्र्यौल भएपछि रिपोर्ट सार्वजनिक गर्ने जनाएको छ । काभ्रेपाल्चोककी २९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । शिक्षण अस्पतालबाट २४ गते डिस्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा समस्या देखि पछि धुलीखेल अस्पताल भर्ना गरिएको थियो ।

कोरोनासंग मिल्दो लक्षण देखिएपछि धुलीखेल अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परिक्षण गराएको हो । परिक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । स्वासप्रस्वासमा समस्या देखिएपछि ती महिलालाई बिहीबार अस्पताल ल्याइएको अस्पतालको भेन्टिलेटरमा राख्ने क्रममा उनको निधन भएको थियो।

महिलाको मृत्युको कारण कोरोना भए नभएको बारे थप अनुसन्धान भएपछि मात्र त्यसवारेमा आधिकारीक भनाई आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको निधन भएपछि उनको उपचारमा संलग्न ३ जनालाई पनि आइसोलेसनमा राखिएको छ । उनको कोरोनाका कारण निधन भएको आशंका गरिएको छ । धुलिखेल अस्पतालमै गरिएको कोरोना परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । थप पुष्टिका लागि स्वाव संकलन गरेर टेकु स्थित अस्पताल लगिएकोमा त्यसको रिपोर्ट भने सार्वजनिक भएको छैन ।

स्वास्थ्य मन्त्रालयको कोभिड—१९ नियन्त्रणका लागि बनाइएकोे इन्सिडेन्ट कमाण्ड सिष्टमअन्तर्गतको आइसिएस अपरेशनल टोलीका प्रमुख डा गुणराज लोहनीसहितको चिकित्सकीय टोली अनुसन्धानका लागि धुलिखेल अस्पतालमा गएको मन्त्रालयले जनाएको छ।

टोलीले ती महिलाको मृत्युको कारण लगायतका विषयमा आवश्यक विवरण संकलन गर्नेछन्। सुत्केरीको कोरोनाका कारण निधनभएको भन्ने खबर बाहिर आइरहेका बेला मन्त्रालयले थप अध्ययनका लागि टोली पठाएको हो। स्वास्थ्य मन्त्रालका प्रवक्ता डा विकास देवकोटाले नियमित मिडिया बिफ्रिङमा धलिखेल अस्पतालमा निधनभएकी महिलाको कारणबारे अनुसन्धान भइरहकोले त्यसको नतीजा आएपछि मात्र आधिकारिक कारण पत्ता लाग्ने बताए।

अस्पतालका प्रवक्ता सुमन ताम्राकारले महिलाको निधन भएको पुष्टि गरेपछि महिलाको कोरोना परीक्षणको रिपोर्टबारे मन्त्रालयले जानकारी गराउने बताएका छन् धुलिखेल अस्पतालमा महिलाको मृत्युभएपछि अहिले अस्पताललाई सील गरिएको छ । महिलाको उपचारमा प्रत्यक्ष संकलन ३ जना चिकित्सक तथा नर्ससहित अन्य स्वास्थ्यकर्मीलाई समेत आइसोलेसनमा राखेर कोरोना परीक्षण गर्न लागिएको जनाइएको छ ।

कोरोनाको लक्षण भएकी को ती महिलाकोनिधन भएपछि अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन । ‘सतर्कता अपनाएका हौं, सं क्र मण को पीसीआर पनि पोजिटिभ आएको हो ,’ जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने, ‘रिपोर्ट आएपछि सोही अनुसारको निर्णय गर्छौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको निधनकोरोना भाइरस (कोभिड(१९) का कारण भए नभएको अध्ययन गर्ने भएको छ । अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । तर मन्त्रालयले कोभिड(१९ का कारण निधनभए नभएको थप अध्ययन भइरहेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए । यसका लागि मन्त्रालयको टोली धुलिखेल गइसकेको छ भने अस्पताल समेत सिल गरिएको छ ।

बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल उच्च स्रोतका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भिर थियो । साथै स्वास फेर्न समेत निकै कठिन भइरहेको थियो । अस्पताल ल्याएको केही समयमै उनको निधन भएको हो । त्यसपछि चिकित्सकले स्वाब निकालेर परीक्षण गरेका थिए । सोही अस्पतालमा स्वाब परीक्षण समेत हुने गरेको छ । स्वाब निकालेर परीक्षण गर्दा कोरोनो पोजेटिभ देखाएको थियो । त्यसलाई पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । त्यहा पनि परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनि काठमाडौं टिचिङ अस्पतालमा २३ गते बच्चा जन्माएर २४ गते घर फर्किएकी थिइन् । जानकारी अनुसार उनलाई टिचिङबाटै कोरोना सरेको आशंका गरिएको छ । यद्यपी यसविषयमा थप जानकारी अहिले केही बेरमा पत्रकार सम्मेलन गरी जानकारी दिइने भएको छ ।

घर फर्किएदेखी नै ज्वरो आउने र स्वास फेर्न गाह्रो भएपछि बाह्विसे स्वास्थ्यकेन्द्र लगिएको थियो । त्यहा भेन्टिलेटर नभएका कारण धुलिखेल अस्पताल रेफर गरिएको थियो । ‘हामीले अनेक प्रयास गर्यौं । स्वास फेर्न गाह्रो भएको थियो । ट्युब राखेर भेन्टिलेट गर्दा पनि बचाउन सकेनौं,’ त्यहा कार्यरत चिकित्सकले भने, ‘त्यसपछि हामीले स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आयो ।

यस अघि नै नेपालका मुलधारका केहि मिडियाले कोरोनाका कारण पहिलो नेपालीको निधनभएको समाचार लेखिसकेका छन् । ‘उनको सुरुमा आरडीटी पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको छ’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका थिए।

Related Articles

Back to top button
Close