News

एका बिहानै कोरोनाले मृ’त्यु; भइरहेका बेला नेपालमा फेरी भयो अर्को चमत्कार, सबै दंंग..पुरा पढ्नुहोस

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) ले एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन्।

वैशाख ३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उनी २४ गते नर्मल डेलिभरीपछि २५ गते डिस्चार्ज भएर घर गएकी थिइन् । घर पुगेपछि ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि समेत विभिन्न शारीरिक समस्या आएपछि बिहीबार थप उपचारका लागि धुलिखेल अस्पतालमा आउँदै गर्दा उनको बाटोमा मृत्यु भएको थियो ।

उनको आरडीटी र पीसीआर दुवै विधिबाट भएको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएकाले उनको मृत्यु कोरोनाकै कारण भएको मन्त्रालयले पुष्टि गरेको हो ।२०७६ माघ ९ गते पहिलो पटक संक्रमण पुष्टि भएको नेपालमा कोरोनाले पहिलो पटक ज्यान लिएको हो ।
उनको मृत्युपछि धुलिखेल अस्पताल र बाह्रविसे नगरपालिका वडा नम्बर ६ सिल गरिएको छ । ति ठाउँमा आइतबार विज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पीसीआर परीक्षण गर्ने सरकारको तयारी छ ।

नेपालमा २ सय ८१ जनामा कोरोना पुष्टि हुँदा एक जनाको मृत्यु भएको हो । ३६ जना निको भएका छन् ।

बिष पिएपछि एकको मृत्यु : दुई जनालाई सुर्खेत लगियो

डोल्पा : बिष पिएर एक जनाको मृत्यु भएको छ। दुई जनालाई भने उपचारका लागि सुर्खेत लगिएको छ। त्रिपूरा सुन्दरी नगरपालिका-१ का ३५ वर्षीय शुकलाल कुलालको बिष पिएर शनिबार मृत्यु भएको हो। उनीसँगै बिष पिएर अर्धचेत रहेका रुप्सी कुलाल र बिन्दु कुलाललाई थप उपचारका लागि सुर्खेत लगिएको हो।

उपचारका क्रममा उनीहरुको होस नखुलेपछि सुर्खेत पठाइउको जिल्ला स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए। खानाखाने क्रममा बिष खाएर अचेत भएपछि आफन्तले जिल्ला अस्पताल लगेका थिए। श्रीमानको मृत्यु भए पनि अन्य दुई जनाको होस खुल्न नसकेपछि हेलिकप्टरमा सुर्खेत पठाइएको हो।

काइके गाँउपालिकाका फुर्वा लामाले चार्टर गरेर ल्याएको माउण्टेन एयरको हेलिकप्टरमा उनीहरुलाई गृह मन्त्रालयको आग्रहमा निःशुल्क सुर्खेत पठाउन सफल भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

आफन्तले खाना खाने बित्तिकै तिनैजना अचेत भएको बताएका छन्। खानामा कसैले बिष राखेको वा खाएको भन्ने खुल्न सकेको छैन। हेलिकप्टरमा टाउकोमा गम्भीर चोट लागेका ठुलीभेरी नगरपालिका ५ का ५ वर्षीय बालक रामप्रसाद रोकायालाई समेत सुर्खेत पठाइएको छ। भिरबाट लडेर टाउको फुटेपछि उनी अचेत थिए।

Related Articles

Back to top button
Close