Tuesday, March 2

विनयजंग बस्नेतसंग विवाह गर्न लागेकी पुजाले फेरीन बोली, भन्छिन्, ‘यसकारण रोकियो विवाह-अर्चनाको पैसा फर्काइसके’ (भिडियो हेर्नुस्)

January 28, 2021 81

काठमाडौ । वेवारिसे शव ब्यवस्थापनमा सकृय विनयजंग वस्नेतको ब्यक्तिगत जिवन निकै विवादित बनेको छ । उनलाई केही समुहले विभिन्न आरोप लगाउँदै मिडियावाजी गरेका छन् । उनले केही समय अघि आफुसंगै वेवारिसे शव ब्यवस्थापनमा लागेकी बाँकेकी पुजा विश्वकर्मासंग विवाह गर्न लागेको कुरा सार्वजनिक गरे ।

त्यसपछि थप उनको चर्चा चुलिएकै बेलामा उनलाई अकस्मात सुधारगृहमा लगियो । साथै उनीसंग विवाह गर्न लागेकी भनिएकी पुजाका बारेमा पनि विवादित कुरा सार्वजनिक भए । उनले एक जना पानी वेच्ने बालिकाको २० हजार रुपैया खाइदिएको आरोप लाग्यो । यसरी आफ्नो बारेमा मिडिया प्रचारप्रसार गर्दा पनि पूजा भने मौन नै बसिरहिन् ।

उल्टै फोन सम्पर्कबाट समेत उनले आफुलाई टाढा राखिन् । यसो गर्दा पूजा ने गलत भएको पनि धेरैले आँकलन गरे । तर पछिल्लो समय भने एक अन्तरवार्तामा उनले आफ्नो मौनतालाई तोडेकी छन् । उनले पानी बेच्ने नानीको पैसा आफुले फिर्ता गरिसकेको बताएकी छन् । यो विषयमा उनी भन्छिन्,‘पैसा फिर्ता मैले गरिसकेकी छु । मेरो गल्ती यत्ति भयो कि पैसा फिर्ता गर्ने बेला मैलेपनि मिडिया मार्फत नै गर्नु पर्ने रहेछ । त्यो नगर्नु नै मेरो भूल भयो ।’

पूजाले आफ्नै विरुद्धमा मिडिया लगाएर जथानाम गाली बेईजत गर्दै हिंडेकी सर्मिला वाईवाको विषयमा भने कसैले पनि उहाँलाई गाली नर्गन भनेकी छन् । उनले दिदी भन्दै सर्मिलालाई सम्बोधन गरेर सर्मिलाको कामलाई सम्मान गरिदिन समेत आग्रह गरेकी छन् ।

रिहाबबाट फर्किएका विनयजंगमा निकै नै परिवर्तन आएको बताउने पूजाले केही पारिवारीक काराणले गर्दा रोकिएको विबाह हुन्छ तर केही समय लाग्ने उनले बताईन् । उनले विबाहको विषय चलिसकेको हुनाले त्यो साँचो नै होभन्दै विनयजंगसंग नै विबाह हुने कुरा बताएकी छन् । भिडियोसहित

प्रतिकृया दिनुहोस्