Monday, January 25

एउटै नम्बरका दुई गाडी जम्काभेट,स्थानीयले हतार हतार प्रहरीलाई खबर गरेपछी के भयो ?

December 30, 2020 115

रौतहट । जिल्लाको चन्द्रनिगाहपुरमा एउटै नम्बर प्लेटको दुईवटा गाडी भेटिएको छ । जिल्लाको चन्द्रनिगाहपुर चोकमा रोकिराखेको अवस्थामा बा १७च ९३६५ नम्बरको स्कोरपियो गाडी फेला परेको हो ।

दुई वटा गाडीमध्ये एउटा सिल्भर रंगको र अर्को सादा सेतो रंगको रहेको छ । एउटै नम्बरको दुई वटा गाडी देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् ।

दुई सवारीमध्ये सिल्भर रंगको गाडीको विलबुक तथा कागजात साथमा रहेको तर सेतो रंगको गाडीको केहीपनि कागजात साथमा फेला नपरेको र चालक पनि फरार रहेको डिएसपी शाहीले बताए ।

सेतो रंगको गाडी भने लक रहेको अवस्थामा प्रहरीले गाडी मिस्त्रीको सहायताले लक खोलेर इलाका प्रहरी कार्यालयमा ल्याएको थियो । सिल्भर रंगको गाडी सर्लाहीको बागमतीमा रहेको एक रिर्सोटको नाममा रहेको रिसोर्टका कर्मचारी रोशन लामाले बताए ।अर्को गाडीको बारेमा थप अनुसन्धान भइरहेको र सो गाडी भारतबाट चोरी गरेर ल्याएर नेपाली नम्बर प्लेट हालेर चलाइरहेको हुनसक्ने प्रहरीले आशंका ब्यक्त गरेको छ ।

रौतहटका विभिन्न स्थानहरुमा भारतबाट चोरीको गाडी ल्याएर नेपाली नम्बर प्लेट राखेर चढ्ने गरेको पाइएकोले प्रहरीले पनि चेकिङ्गमा जोड दिनुपर्ने कार्यमा सो नभएको हुदा यस प्रकारका गतिबिधिहरु बढेको स्थानीबासीको आरोप रहेको छ ।यो समाचार उज्यालो नेटवर्क बाट साभार गरिएको हो।

प्रतिकृया दिनुहोस्