News

सुत्केरी लिन हिँडेको एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता

पोखरा । मुस्ताङबाट सुत्केरी लिन पोखरा हिँडेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ ।

उक्त्त एमबुलेन्सको चालक भने बेपत्ता भएका छन् ।

आइतबार करिब सवा २ बजे ग १ झ ३११ नम्बरको उक्त एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित कालीगण्डकी नदीमा एम्बुलेन्स खसेको हो ।

एम्बुलेन्सको अवशेष फेला परे पनि चालक सुजन विक भने बेपत्ता रहेको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए ।

चालक विक कालीगण्डकीमा मुस्ताङ थासाङ गाउँपालिका–४ का हुन् ।

उनको खोजीकार्य जारी छ ।

दुर्घटना कसरी भयो भन्‍ने खुलेको छैन ।

प्रहरीले यसबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Related Articles

Back to top button
Close