Sunday, March 7

को’रोना विरुद्ध’को खोप लगाएका नेपालीहरुमा देखियो स्वा’स्थ्य स’मस्या

January 29, 2021 97

सुदूरपश्चिममा कोरो’नाविरुद्ध’को ‘को’भिशि’ल्ड’ खो’प लगाएका ४ जनामा स्वा’स्थ्य स’मस्या देखिएको छ। बिहिबार को’रोना भा’इरस वि’रुद्धको खोप अभियानको दोस्रो दिन झण्डै साढे १३ सय जनालाई खोप लगाइएमा ४ स्वास्थ्यकर्मीमा सामान्य स्वास्थ्य समस्या देखिएको हो।

सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल र डडेल्धुरामा अस्पतालमा खोप लगाएका ४ जना स्वास्थ्यकर्मीमा सा’मान्य स्वा’स्थ्य समस्या देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। टाउको दुख्ने, वा’कवा’की लाग्ने समस्या देखिएका उनीहरु उपचारपछि घर फर्किसकेको समेत उनले बताए

दोस्रो दिन १ हजार ३ सय ३७ जनाले लगाए ‘कोभिशिल्ड’

अभियानको दास्रो दिन प्रदेशका १० वटा खोप केन्द्रमार्फत १ हजार ३ सय ३७ जना स्वास्थ्यकर्मीलाई को’रोना भा’इरस वि’रुद्ध’को खो’प लगाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार आज सेती प्रादेशिक अस्पताल खोप केन्द्र मार्फत १ सय १९ र टीकापुर अस्पतालबाट १ सय २० जनाले खोप लगाएका छन्।

यस्तै अछाममा २ सय जना, बैतडीमा २ सय २०, बझाङमा ९०, बाजुरामा १ सय ८, डडेल्धुरामा १ सय ४०, दार्चुलामा १ सय २०, डोटीमा १ सय १० र कञ्चनपुरमा १ सय १० जना स्वास्थ्यकर्मीले खोप लगाएको प्रवक्ता कार्कीले बताए।

सुदूरपश्चिममा को’रोना भा’इरस वि’रुद्ध पहिलो चरणको खोप लगाउने स्वास्थ्यकर्मीको संख्या २ हजार ४ सय १९ पुगेको छ।

पहिलो दिन हिजो ९ वटा खोप केन्द्रमार्फत १ हजार ८२ जना स्वास्थ्यकर्मीले खोप लगाएका थिए। दिनेश खबरबाट

प्रतिकृया दिनुहोस्