News

१५ दिन क’र्फ्युजस्तै लकडाउन गरौँ, त्यसपछि सुरक्षित भएर काम गर्ने : डा रवीन्द्र पाण्डे

बिगत २ हप्ता उता नेपाल को’रोना सं’क्रमणको कम जोखिम अवस्थामा थियो । यो २ हप्तामा सि’मानाका चो’र बाटोबाट धेरै व्यक्तिहरु नेपाल पसेका छन् । त्यस्तै क’मजोर सुरक्षा एबम योजना बिना लकडाउन खुकुलो गर्दा सं’क्रमित क्षेत्रबाट हजारौं व्यक्तिहरु काठमाडौँलगायतका सहरमा आएका छन् । लकडाउनले सुरक्षित भएका सहरमा खुकुलोपनको फाइदा लिंदै धेरै व्यक्तिको आवतजावत बढ्न गयो । यसले गर्दा सं’क्रमितहरु सहरका कुनाकुनामा पुगे।

घना जनसंख्या भएका क्षेत्रमा परीक्षणको संख्या दयनीय छ। ४० लाख जनसंख्या भएको काठमाडौँ उपत्याकामा ४ हजारको पनि PCR परिक्षण भएको छैन । त्यस्तै देशभर Random Sampling को आधारमा एक लाख जनाको PCR परिक्षण भएको भए सं’क्रमणको अवस्था थाहा हुन्थ्यो । स्वास्थ्य मन्त्रालयको योजनाबिहिन नीतिको कारण को’रोना नि’यन्त्रणको प्रभावशाली काम हुन सकेको छैन।

देशले लामो समय लकडाउन खेप्न सक्दैन । यो १५ दिन क’र्फ्युस्तरको लकडाउन गर्ने हो भने सं’क्रमित जहाँ छन्, त्यहीं रहनेछन् । यो १५ दिन सरकारले परिक्षणको दायरा ब्यापक बढाएर सं’क्रमितलाई आइसोलेसनमा राख्ने अवसर हुनेछ । त्यस्तै परिक्षणबाट छुटेका घरभित्र रहंदा उनीहरुलाई या त आफै निको हुनेछ वा बि’रामी भएर अस्पताल जानेछन् । उनीहरुले अन्य व्यक्तिलाई सं’क्रमण सार्ने अवस्था क’डा लकडाउनले रोक्नेछ। अहिले सं’क्रमण भएका व्यक्तिको १५ दिनपछि भाइरल लो’ड घ’ट्ने भएकोले धेरैलाई सार्न सक्नेछैनन्।

यो १५ दिनमा सिमाना १०० % शिल गर्न सुरक्षाकर्मी थप्ने, स्थानीयसंग मिलेर २४ सै घण्टा गस्ती गर्ने तथा सं’क्रमित क्षेत्र शिल गर्ने गरेमा सं’क्रमण आयात हुन पाउँदैन । यति गर्न सक्यौं भने जेठ २० गतेपछि लकडाउनलाई बिस्तारै पर्ख र हेर नीति अनुसार खोल्न सकिन्छ । लकडाउन सुरक्षित रुपमा खुकुलो बनाउनको लागि भिजन भएका बिज्ञसंग सल्लाह लिएर सरकारले बिभिन्न चरण प्रकाशित गरेर आम समुदायमा छलफल गराउन सक्दछ । यदि लकडाउन पहिलेजस्तै खुकुलो भयो भने यसको कुनै अर्थ हुँदैन ।

लकडाउन असिमित समयको लागि गर्न असम्भव छ । लकडाउनले लाखौँको रोजीरोटी गु’मिरहेको छ । देशको अर्थतन्त्र चौ’पट भएको छ। सरकारले जेठ २० सम्म क’र्फ्युस्तरको लकडाउन गर्यो भने त्यसपछि सुरक्षित भएर काम गर्ने बातावरण बनाउन सकिन्छ। जस्तै : अनिबार्य रुपमा मास्क / चस्मा / पंजा लगाउने, ६ फिटको भौतिक दुरी कायम गर्ने, ३ जनाभन्दा धेरै संगै हिंड्न नपाउने, च’हल’पहल हुने बिहानबेलुकाको समयमा बजार नखोल्ने अर्थात् दिउसो खोल्ने, तरकारी बजार तथा डिपार्टमेन्टल स्टोर बन्द गर्ने, स्थानीय पसलमा तरकारी / फलफुल बिक्रि गर्ने ब्यबस्था मिलाउने, मजदुरलाई अनिबार्य रुपमा आबासिय राखेर कलकारखाना चलाउने, कृषि सामग्री पसल खोल्ने, निजि अस्पताललाई फूलफेजमा खोल्ने, निजि सवारी साधनलाई जोर / बिजोरको आधारमा चलाउने, २५ % कर्मचारीले कार्यालय चलाउने, साझाबस लगायतका ठूला सवारीसाधनलाई दुरी कायम गरेर चलाउने आदि गर्न सकिन्छ ।

न्यून आय भएका व्यक्तिलाई बैज्ञानिक आधारमा राहत दिने, रोजगारी गुमेका व्यक्तिलाई रोजगारमा पुनर्थापना गर्ने लगायतका कामलाई प्राथमिकतामा राख्न सकिन्छ। फ’जुल ख’र्च रोक्ने, १ र्रुपिया भ्र’ष्ट्राचार गरे वा क’मिसनमा काम गरे सिधै जे’ल हाल्ने, ठूला भ्र’ष्टाचारीको अरबौं स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने लगायतका काम गर्न नयाँ प्रणाली स्थापना गर्नु जरुरी छ। यो म’हामारीलाई लु’ट्ने अवसर बनाएका धेरै घ’टना बाहिर आएका छन्, त्यसलाई अ’ख्तियारले द्रु’त गतिमा छानबिन तथा का’रबाही गर्न सिपारिस गर्ने कदम अघिं बढाउने हो भने सुशाशन कायम गर्ने यो ठूलो अवसर हो।

Related Articles

Back to top button
Close