Friday, March 5

एउटै घरका आमा र दुई छोरीको मृत्यु, ललितपुरको जस्तै त्रा’सदीपूर्ण घटना

January 29, 2021 85

काठमाडौं । ललितपुरमा दम्पत्तीको निधन भएको १० दिन बित्न नपाउँदै फेरी पश्चिम नवलपुरमा त्रा’सदीपूर्ण घटना भएको छ । बुधवार राति करिब ९ बजेतिर पश्चिम नवलपरासी सरावल गाउँपालिका ५ धनगडवामा एकै परिवारका तीन जनाको निधन भएको छ । आमा र उनका दुई छोरीको निधन भएको हो ।

श्रीमान वैदेशिक रोजगारीमा मलेसियामा छन् । सासु ससुरावाट छुट्टीएर दुई छोरी लिएर बसेकी महिला र दुई छोरीको निधन भएको हो । उनीहरुले वि’ष से’व’न गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।

स्थानीयले घरभित्र मानिस छटपटाइरहेको थाहा पाएपछि उद्धारका लागि जाँदा अनिता चौधरी र उनका दुई छोरी ग’म्भि’र अवस्थामा थिए । दुई छोरी र ३५ वर्षीय आमालाई उद्धार गरेर अस्पताल लगिएको भए पनि तिन जनाकै निधन भयो ।

वान्ता गरेपछि हल्लाखल्ला भएछ। अनि छिमेकीले थाहा पाएर मलाई खबर गर्नुभएको थियो। मैले गाउँपालिकाको एम्बुलेन्स बोलाएँ। म पनि अस्पतालमा पुगेको थिएँ। तर राति नै उहाँको मृत्यु भयो,’ सरावल गाउँपालिका ५ का वडाध्यक्ष दिनेश केवटले घटना विवरण सुनाउँदै भने।

सबैभन्दा पहिले आमाको र त्यसपछि छोरीहरुको निधन भएको वडाध्यक्षले बताएका छन् । १२ वर्षीय बालिका नेहा चौधरी र १० वर्षीय हेमा चौधरीको केही घण्टाको फरकमा निधन भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीनै जनाको मृत्युको कारण वि’ष से’व’न गरेर भएको देखिएको छ। प्रहरीले घटना स्थलबाट से’ल्स नामको वि’ष समेत फेला पारेको जनाएको छ।।फाइल तस्बिर

प्रतिकृया दिनुहोस्