News

कोरोना विरुद्ध लड्न बलिउड अभिनेत्री उर्वशीले गरिन पाँच करोड दिने घोषणा

मुम्बई – कोरोना संकटविरुद्ध लड्न धेरैले सहयोग गरिरहेको अवस्थामा बलिउड सेलिब्रिटी पनि निकै अगाडि देखिएका छन्। बलिउड अभिनेत्री उर्वशी रौटेलाले पनि सहयोगको हात अघि बढाएकी छन्। उनले पाँच करोड रुपैयाँ डोनेसन गरेकी छन्। यो समय एकले अर्कालाई साथ दिने बेला भएकाले आफूले सहयोग गरेको उनले बताएकी छन्। ‘सहयोग सहयोग हुन्छ कुनै ठूलो र सानो हुँदैन’ उनले भनेकी छन्।

उर्वशीले एउटा भर्चुअल डन्स क्लास आयोजना गरिन् जसमा उनले ज्यादा तौल भएका व्यक्तिलाई निःशुल्क नृत्य सिकाइन्। त्यहाँ उनले नृत्यका अनेक फम्र्याट सिकाइन्। टिकटकमा डान्स मास्टर क्लास आयोजना गरियो र त्यहाँ १।८ करोड व्यक्ति जोडिए। यसबाट उनलाई पाँच करोड रुपैयाँ प्राप्त भयो जुन उनले कोरोना भाइरसविरुद्धको लडाइँका लागि उपलब्ध गराइन्।अन्नपुर्ण पोष्टमा खबर छ ।

उर्वशीले सबैलाई धन्यवाद दिँदै भनिन्, ‘हामी सबै साथ रहने समय आएको छ। हामी सबै मिलेर यो महामारी जित्न सक्छौं।’ उर्वशीका साथै अक्षय कुमार, शाहरुख खान, सोनु सुद, सनी देओल, वरुण धवन, सलमान खान, प्रियंका चोपडा, करिना कपुर खान, विक्की कौशलसहित धेरैजनाले यसमा सहयोग गरेका छन्।

Related Articles

Back to top button
Close